सशस्त्र प्रहरी रौतहटको कमान्ड कम्जोर:प्रश्न चिन्ह खडा

  |

२३ मंगलवार,२०८०
उदेश पाण्डे
रौतहट !सशस्त्र प्रहरी बल रौतहट बारम्बार बिबादास्पद तथा कमान्ड कन्ट्रोलमा कमजोर कार्य गर्दै आइरहेको तथा तस्करी रोक्न कुनै किसिमको तदारुकता नदेखाएको विभिन्न बरामद भैरहेको अबैध समान बाट पुष्टि हुँदै गइरहेको छ।
मिति २०८०/०९/०४ गते रौतहटमा व्यापक तस्करी भैरहेको देखेर आम नागरिकले सूचना दिदा बौधिमाइ न पा ७ स्थित रौतहट र बाराको सिमाना बाट १६ लाख बराबरको तस्करीको कपडा पक्राउ पर्‍यो।
त्यस् पछि सशस्त्र प्रहरी रौतहटको कर्तुत छताछुल्ल भयो चपुरमा तस्करीको मोबाइल समेत बरामद भएको थियो

सशस्त्र प्रहरी बल रौतहटको कार्यालय प्रमुख देखी बिओपी इन्चार्ज समेतको कार्य संतोषजनक छैन प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सारमा कार्यरत डिएसपी अमर लामा आफ्नो बिभागिय नितिनियम बिर्सेर गैर जिम्मेवारीपन देखाउन थालेको देखिएको छ।भन्सारमा दोस्रो पटक बसन मौका पाएका सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी अमर लामा कमान्ड कन्ट्रोलमा निकै कम्जोर देखिएका छन
तस्कर सग मिलोमतोको आरोप लाग्दा बाहिनी तानिएको थियो तर राजनीतिक पावर र पहुँचको कारण पुनः फिर्ता भए पछि डिएसपीको रवाब झनै बढेको छ।
सशस्त्र प्रहरी बल रौतहटको पोल यसरि खुलयो रौतहटको गौर बाट तस्करीको कपडा गौर देखी काठमाडौ पुगयो।तर सशस्त्र प्रहरी आफ्नो मातहतमा रौतहट एरियामा कहि समातन सकेन उक्त ट्रक राजस्वको टोलिले काठमाडौको सानेपा बाट नियन्त्रणमा लियो त्यस् पछि रौतहटको सशस्त्र प्रहरी माथि प्रश्न चिन्ह खडा भएको छ।
राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँबराबरको अवैध रूपमा भित्र्याएको कपडासहितको ट्रक आज नियन्त्रणमा लिएको छ । ट्रकमा चामल राखेको देखाएर राजस्व छलेको कपडाको चोरी पैठारी गरिएको थियो ।
सशस्त्र प्रहरी प्रधान कार्यालय तथा सशस्त्र प्रहरी बलको केन्द्रिय प्रवक्ता लाई सशस्त्र प्रहरीको डिएसपी तथा बिओपी इन्चार्जहरु गुनासो गर्दा समेत कुनै सुनुवाइ नभएको एक स्थानीयले यस् madheshviews लाई बताए
रौतहट जिल्लामा तस्करी हुँदै छ भने सूचना दिने आम नागरिक लाई कुनै वास्ता नभए बारम्बार सशस्त्र प्रहरी प्रधान कार्यालय र बाहिनी रौतहटको सशस्त्र प्रहरी विरुद्ध गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएको कारण आम नागरिक दु:ख पोखेका छन्
आखिर कस्को आशिर्वादमा जोगाइएको छ।बाहिनीमा तानिएको डिएसपी अमर लामा कसरी बिना कार्वाही फाएर भएको यो अचम्मको कुरा भएको छ।बाहिनीमा कार्यरत एक जना सशस्त्र प्रहरी अधिकृत नाम नबताउने शर्तमा भने शक्तिकेन्द्रको आशिर्वादले जोगाइएको छ।