
२५,बिहीबार २०८०
उदेस पाण्डे
काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एकैपटक १ सय जना एसपीहरुलाई सरुवा गरेको छ । सशस्त्र प्रहरी उपरीक्षकहरुले विगतको कमाण्डलाई आधार मानेर ज्येष्ठ सशस्त्र प्रहरी उपरीक्षकहरुलाई सो अनुसारको जिम्मेवारीमा सरुवा गरिएको सशस्त्र प्रहरीका सुचना अधिकारी अनुसार
गण नम्बर–२७ रुपन्देहीमा आनन्द थापा, नम्बर–३८ रिजर्भ गण झापामा निवन कुमार खडका, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ । नम्बर–४० गण पिलुवा बारामा मोहन बहादुर क्षेत्री, गण नम्बर–३ मोरङमा विश्वबन्धु खड्का र गण नम्बर–१२ बारामा सन्तोष बहादुर सिंहलाई पठाइएको छ ।
सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण–२०८० स्वीकृत भएपछि नयाँ बढुवा भएका सिसम–३, सिनियर ब्याच सिसम–२ र विभागिय टोलीका एसपीहरुले कमाण्ड पाएका छन् । यसपटकको सरुवामा ४१ जना एसपीले गणको कमाण्ड पाएका हुन् ।यसैगरी १३ नम्बर गण हेक्का पर्सामा काजमा आएको स प्र उ किसन कर्मचार्यकै दरबन्दी कायम भएको छ।