
०४,फाल्गुन २०८०
उदेस पाण्डे
काठमाडौँ — सरकारले संविधानको व्यवस्थाबमोजिम प्रहरी कर्मचारीहरुको समायोजनका लागि ‘प्रहरी कर्मचारी समायोजन समिति’ गठन गरेको छ।
गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयकै नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव र प्रहरी प्रधान कार्यालयका डिआइजी तथा मन्त्रालयका उपसचिव सदस्य तथा मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहने गरी ५ सदस्यीय प्रहरी समायोजन समिति गठन गरेको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार प्रहरी समायोजनका लागि निरन्तर काम गरिरहेको मन्त्रालयले समायोजन समिति गठन गरेको जानकारी दिए ।
‘नेपालको संविधान तथा प्रहरी समायोजन ऐन, २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले निरन्तर रुपमा कार्य गरिरहेको छ,’ मन्त्रालयका प्रवक्ता भट्टराईले विज्ञप्तिमार्फत् भनेका छन्, ‘समायोजन समितिले प्रहरी कर्मचारी समायोजन सम्बन्धी काम समेत थालिसकेको छ ।’
पछिल्लो समय प्रहरी समायोजन नहुँदा काम गर्न असहज भएको भन्दै प्रदेश सरकारहरुले दबाब बढाएका छन् भने संघीयता कार्यान्वयनमा सरकार अनुदान देखिएको भन्दै आलोचना समेत हुँदै आएको छ ।तर यता प्रहरी लाई सघियतामा लैजादा चैन अफ कमान्डमा असर आउछ भनेर केहि पुर्ब प्रहरी अधिकृतहरु आफ्नो राय दिइरहेका छन्