
०९,फाल्गुन २०८०
उदेस पाण्डे
पर्सा !नेपाल विश्वभरी वीर,बहादुर को रूपमा चिन्दै आएको नेपालीहरु अहिले जातीय,क्षेत्रीय,तथा धर्मका मुद्दामा सिमित हुन पुगेको देखेर समाजमा एक प्रकारको उदासीन्ता देखिएको छ।वर्षदेखि एकै समाजमा दाजुभाइको सम्बन्ध स्थापित गरेको हिन्दु,मुस्लिम बीच अहिले देखिएको टकराव समाजमा एक प्रकारको अशान्तिको संदेश दिएको छ।
रौतहटको इसनाथ नगरपालिकामा देखिएको सरस्वती पुजाको मुर्ति बिसर्जनको विवाद अहिले बिरगंजमा समेत देखिएको छ।यसरी जातजातिमा जातीय विवाद हाम्रो भाइचाराको सम्बन्ध लाई समाप्त पारिने खतरा देखिएको छ।
अहिले समाज हिन्दु मुस्लिम बीच लडाउने केही गलत तत्व समेत लागेको केही कुरा यस् madheshviews ले फिल्डमा खट्दा बुझिएको छ।आखिर के हो त यो बाहिर चलखेल।अहिले नेपालमा केहि युवाहरूलाई जातीय नारा र पोस्टर राखन लाउने एउटा् गिरोह सक्रिय रहेको बुझिएको छ।
नेपालमा हिन्दु र मुस्लिमको आ आफ्नो छुट्टाछुट्टै इतिहास र देश निर्माणमा सहयोग रहेको छ।
.सं. ८४० साल भन्दा अगाडि नै मल्लकालमा नेपालको व्यापारिक सम्बन्ध अरबसँग थियो । त्यतिबेला नेपालबाट कस्तुरी अरबमा निकासी गराएर राजाले नेपाली मुस्लिम युवाहरूलाई विदेशीसँग धेरै सामग्रीको व्यापारीक ओसारपसार गर्ने किसिमको सम्बन्ध बनाएका थिए ।
अरब देशहरूमा मल्ल राज्यबाट कस्तुरी, ऊन र धातुहरूको व्यापार हुने गरेको कुरा ‘हूदुद अल् आलम (सन् ७८३)’ मा उल्लेख गरिएको पाइन्छ । अर्को किताबको कुरा गर्दा, लिच्छवी वंशका राजा अंशुवर्माको टिष्टुङ्गको अभिलेखमा नेपालले फलाम, ऊन, चौंरी, कस्तुरी, पित्तलका भाँडाहरू विभिन्न देशमा निर्यात गर्दथ्यो भन्ने उल्लेख गरिएको पाइन्छ ।
नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले एकीकरण मिसनको सफलताका लागी चार आयामको व्याख्या गरेका थिए । त्यो मिसनको पहिलो हकदार राजा पृथ्वीनारायण शाह स्वयंम थिए भने दोस्रो हकदार त्यो मिसनका सैनिक कमाण्डरहरू र आफ्नो जीवनको आहूति दिन तयार भएर लडाइँ लड्ने सेनाहरू थिए। तेस्रो हकदार मिसनलाई सार्थक परिणामसम्म पुर्याउनका निम्ति हात–हतियार, खरखजाना र बन्दोबस्तीका सम्पूर्ण सामानहरूको निर्माण गर्ने कालीगढ तथा मिस्त्रीहरू । चौथो हकदार राज्य एकीकरणका निम्ति बनाइएका युद्ध सामग्रीहरू र रसदपानी, युद्ध मैदानमा ढुवानीका काम गर्ने मान्छेहरू थिए । तीमधये तेस्रो तथा चौथो दर्जाका हकदार उनले नेपाली मुस्लिम समुदायलाई ठहर्याएका र जिम्मेवारी दिएका थिए । तिनले हतियार बनाउने (भाला, पर्सि, खुकुरी) लडाइँका समयमा हातहतियार दिने, सैनिकलाई कराते सिकाउने लगायत बन्दोबस्तीका सामान र योद्धाहरूको रसदपानी लगायतका सामानहरूको ओसारपसारका कामहरू गर्दथे । जब उनले नुवाकोट विजय, मकवानपुर विजय र कान्तिपुर विजय र नेपाल एकीकरण अभियानमा नेपाली मुसलमानले दिएका योगदानहरु प्रष्ट इतिहासले बताउँछ ।
मल्लकालभन्दा अगाडिदेखि नै नेपाली मुस्लिम समुदाय मधेस (तराई) मा बसोबास गर्दथे । मधेसको भाषा, मधेसीहरूको मातृभाषा, मधेसी भाषा वा भोजपुरा भाषा र मुस्लिम समुदायको उर्दू पनि उनीहरूको पहिचान रहेको थियो ।
हामी सबैलाई थाह भएकै कुरा हो कि त्यतिबेला नेपाल भन्ने चलन, मल्ल राजाहरुको राज्य कान्तिपुर, ललितपुर र भक्तपुर (भादगाउँ) रहेको हालको काठमाडाैँ उपत्यका खाल्डोलाई मात्रै भन्ने चलन थियो। मुसलमानहरू तेह्रौं शताब्दीमा पहाडी जिल्लाहरूमा प्रवेश गरेको थिए । त्यही समयमा नै काठमाडौं उपत्यकामा मस्जिदहरू निर्माण भएका थिए । तराईमा भने त्योभन्दा पहिलादेखि नै मुस्लिमहरू बस्दै आएका हुन् । मदरसाहरूको स्थापना मल्लकालमा नै भएको इतिहासका पुरानो किताब र ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
हिन्दु धर्मको इतिहास फलाम युग देखि भारतीय उपमहाद्वीपमा धर्मको विकाससँग मेल खान्छ, यसका केही परम्पराहरू कांस्य युग सिन्धु घाटीको सभ्यता जस्ता प्रागैतिहासिक धर्महरूमा फर्किएका छन्। यसरी यसलाई संसारको “सबैभन्दा पुरानो धर्म” भनिन्छ। यसमा एक अज्ञात मातृदेवीको मूर्ति, शिव पशुपति आदी जस्तो देवताहरूको मुद्राहरू, लिंग, पीपलको पूजा, इत्यादि प्रमुख छन्।विद्वानहरूले हिन्दु धर्मलाई विभिन्न भारतीय संस्कृति र परम्पराहरूको संश्लेषणको रूपमा मान्दछन्, जसमा विभिन्न जराहरू छन् र कुनै एकल संस्थापक छैन।