१४,सोमबार २०८०
उदेस पाण्डे
पर्सा !जिल्ला प्रहरी कार्यालय धनुषाको क्राइम शाखामा कार्यरत २ जना प्रहरी पक्राउ परेका छन् ।
एक महिना पहिला ३१ वटा मोबाइल तथा २ लाख रुपैया दुबै जना मिलेर पक्राउ गरि प्रहरीले बरामद पछि जिल्लामा बुझाउनुको सट्टा आफै मिलेर झयाप हानेको रहेछन् ।
प्रहरी हवल्दार दिपेन्द्र पासवान र प्रहरी जवान रोशन यादव मिलेर एक महिना पहिला लुटेको ३१ वटा महगो खाले मोबाइल र २ लाख रुपैया लुटेको एक महिना पछि सदा पोसाकमा कार्यरत रहेका दुबै प्रहरीहरु लाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया पुगाइ मुद्दा दर्ता गरेको छ।
निजहरूको अपराध धेरै दिन सम्म लुक्न्न सकेन जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ परेका दुबै जना माथि आपराधीक बिश्वघात तथा आपराधी लाभ मुद्दा दर्ता गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको सदा पोसाकमा प्र ह दीपेन्द्र पासवान ३ वर्ष देखी थिए निज अभियुक्तहरुको साथ बाट ९५ हजार रुपैया समेत बरामद भएको छ।प्रहरीको पोसाकमा यस्तो राक्षस प्रवृत्तिको केहि प्रहरीको कारण राम्रो ईमानदार प्रहरी समेत बदनाम हुने गरेका छन् ।
दुबै जना लाई जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला अदालत धनुषा बाट ७ दिनको म्याद थप समेत गराएर थुनामा लिएको तथा बिस्तृत अनुसन्धान भइरहेको बुझिएको छ।Madheshviews लाई प्राप्त जानकारी अनुसार पक्राउ परेका दुबै जना प्रहरी जिल्ला प्रहरी कार्यालयको सदा पोसाकको क्राइम शाखामा बसेर घुमुवा प्रहरीको काम गर्थे ।जिल्ला प्रहरी कार्यालय धनुषाको सूचना अधिकारी डिएसपीले मुद्दा चलाएको जानकारी गराए ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy