२ नम्बर प्रदेशमा तस्करी ठप्प:डिआइजी पोखरेलको “वाह वाही “

  |

२९ फाल्गुन २०८०
उदेस पाण्डे
पर्सा !मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको कडाइका कारण अहिले मधेस प्रदेशमा तस्करी ठप्प भएको खबर प्राप्त भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयको कमान्ड अहिले प्रहरी नायब महानिरीक्षक डिआइजी यज्ञ बिनोद पोखरेलको कमान्डमा छ।प्रहरी भित्र एउटा चर्चित भनाइ छ।Right Man Right Place मा भयो भने परिवर्तन अर्थात सकारात्मक सुधार आउछ अहिले यहीँ उदाहरण बनेको छ।मधेस प्रहरी कार्यालय जनकपुर मधेस प्रदेशको ८ वटै जिल्लाहरुमा अहिले तस्करी पुर्ण रूपमा बन्द भएको तथा तस्करहरुको भागाभाग लागेको छ।त्यति मात्रै होईन जिल्ला प्रहरी कार्यालयहरुमा दलाल पनि देखा पर्दैनन् अहिले समाजमा एक प्रकारको प्रहरीको अहिले चर्चा चलेको छ।आम नागरिक प्रहरीको यो सराहनीय कार्य लाई खुलेर प्रसंशा गर्न थालेको पाइएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयको प्रमुख डिआइजी लाई मधेसमा एक Celebrity Officer को रूपमा नागरिकले लिएको पाइन्छ ।
प्रदेश प्रहरी प्रमुखको काम लाई सबैले नजिक बाट नियालेर वाह वाही गरेका हुन।रौतहटको मुर्ति सेलाउने क्रममा भएको झडपमा डिआइजी आफै फिल्मीशैलीमा फिल्डमा खटेर उक्त समस्या हिन्दु मुस्लिमको विवाद समाधान गरे तथा धनुषाको सदा पोसाकको प्रहरीले गरेको बदमाशि लाई पता लगाएर निजहरु नियन्त्रणमा राखेर कार्वाही समेत गरेको तथा अन्य जिल्लाहरुमा समेत प्रहरीको आचरण बिपरित कार्य गर्ने प्रहरी लाई तानेर बिभागीय कार्वाही गरेको कामले समेत अहिले चर्चा पाएको छ।
प्रहरीको लागि साधारण काम थिएन मधेसमा तस्करी रोक्नु तर प्रहरी तदारुकताका साथ लागे पछि तस्करी ठप्प भयो।
प्रायः कम बोल्ने,लो प्रोफाइलमा बस्न रुचाउने पोखरेल बोल्ड प्रहरी अधिकृतको रूपमा चर्चित छन।
पोखरेल आए पछि सेवाग्राही हरेक जिल्ला प्रहरी कार्यालयमा बिना भन्सुन प्रहरी बाट नियम बमोजिम अर्थात कानुनी रितपुर्वक सेवा पाइरहेका एक स्थानीय महोत्तरी घर भएका गोपाल रोय बताउँछन्
जिल्ला प्रहरी कार्यालयहरुमा मुद्दा  बुझाउने नाममा बहाना बाजी तथा अनुचित लेन्देनमा समेत प्रहरी अहिले सेवाग्राहीलाई अनावश्यक हैरानी दिनेगरेको छैन ।मधेस प्रदेशमा प्रहरी र नागरिक सम्बन्ध सुमधुर देखिएको छ।मधेसमा प्रहरीले गरेको सामुदायिक प्रहरी कार्यक्रममा समेत प्रहरीको चौतर्फीक वाह वाही भैरहेको छ।२ नम्बर प्रदेशमा अहिले जिल्ला प्रहरी कार्यालयहरु पहाडको जिल्ला प्रहरी कार्यालय जस्तो कम भिडभाड भएको देखिएको छ।जिल्ला प्रहरी कार्यालयहरुमा बिचौलियाहरु प्रवेशमा रोक लागेको छ।नागरिक आफ्नो समस्या आफै लिएर जिल्ला प्रहरी तथा ईलाका प्रहरी कार्यालयहरुमा जादा प्रहरी दिनुपर्ने सेवा तदारुकताका साथ दिइरहेका कुरा नागरिकको भनाइ छ।