०४,शनिबार २०८०
उदेस पाण्डे
पर्सा!सशस्त्र प्रहरी सुरक्षा बेस जितपुरको सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डको टोलिले ६९ लाख बराबरको खुद्रा समान तथा लत्ताकपडा सहित एक मिनि ट्रक नियन्त्रणमा लिइएर राजश्व कार्यालय पथलैयामा बुझाएको खबर प्राप्त भएको छ।
चैत्र ०३ गते बिहान् ०६:३० बजेको समयमा बिरगंज बाट काठमाडौको लागी हिडेका मिनि ट्रक प्र -२-०३० क ०२०६ नम्बरको उक्त मिनि ट्रक लाई सशस्त्र प्रहरी बलको गस्ती टोलिले कानूनी रित्त पुर्याइ चेक जाच गर्ने क्रममा बिलमा केरमेट गरेको देखिएको हुँदा एनसिएन्ट कमान्डर लाई शका लागी ट्रक लाई डिएसपीको कमान्डको टोलि तुरुन्तै नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि राजश्व कार्यालय पथलैया पठाएको जानकारी सशस्त्र प्रहरी १२ नम्बर गणको सूचना अधिकारी बाट प्राप्त भएको छ।यस् मधेसभियुज लाई खबर प्राप्त भएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बराल उक्त सुरक्षा बेसको कार्यालय प्रमुखको रूपमा आए देखि तस्करी समान नियन्त्रणमा तदारुकता देखाएको पाइएको छ।
डिएसपी कुमार बराबर सशस्त्र प्रहरी बलमा एक निडर,काबिल सशस्त्र प्रहरी अधिकृतको रूपमा चिन्हाउछन।
प्रायः कम बोल्ने लो प्रोफाइलमा बस्न रुचाउने सशस्त्रका डिएसपी बराल एक दक्ष अधिकृतको रूपमा परिचीत छन्।