०४,आइतबार २०८०
उदेस पाण्डे
पर्सा !जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी उपरीक्षक (एसपी)सुरेश काफ्लेको कडाइका कारण बारामा तस्करी ठप्प भएको छ।बारा प्रहरीले विभिन्न मिति र समयमा ५ महिनाको अवधिमा बारा प्रहरीले ४० करोड भन्दा बढीको तस्करीको समान समातेर विभिन्न मिति र समयमा बरामद गरि भन्सार कार्यालयमा बुझाएको खबर प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यालय प्रमुखको रूपमा एसपी काफले ४७ औ जिल्ला प्रहरी कार्यालय प्रमुखको रूपमा सुरेश प्रसाद काफ्ले हाजिर भएका हुन।मिति २०८०/०५/२४ गते बाट जिल्लाको कमान्ड सुरु गरेका काफ्ले जघन्य अपराध तथा फरार अभियुक्तलाई पक्राउ गरि कानुनी कठघरामा पुर्याए ।
विभिन्न मिति र समयमा बारा जिल्लामा खुला सिमानाको फाइदा लिएर तस्करीको माध्यमबाट नेपालमा लाएको चोरीपैठारीको समान बरामद देखी गाई भैंसी नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाए ।
सिघम शैलीमा एसपी काफले सेवाग्राहीलाई मध्य नजर राखेर जिल्ला प्रहरी कार्यालय बारा मातहतका एकाइहरु बाट नागरिक लाई प्रत्यक्ष रूपमा प्रहरी कार्यालय बाट कानुन बमोजिम पाउनुपर्ने सेवा नागरिक लाई प्रवाह गरिरहेका पाइएको छ।
जिल्ला प्रहरी कार्यालयमा मुद्दा फाट,महिला सेल ,अनुचित लेनदेन शाखा,उजुरी छानबिन शाखा बाट नागरिकले पाउनुपर्ने सेवा पाइरहेका छन्
एसपि कार्यालयमा बिचौलीया निशेध भएको छ।अहिले बारा प्रहरीले गरेको काम,कार्वाही प्रदेश भरिको आम नागरिक बाट वाह,वाही भइरहेको छ।
जिल्ला प्रहरी बारा मातहतका युनिटहरुमा कार्यरत प्रहरी कर्मचारी लाई चुस्त दुरुस्त भएर बस्न तथा गलत क्रियाकलाप रोक्न तदारुकता देखाउन प्र उ को प्रष्ट आदेश छ।
बारा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको भन्सार छलीगरि लाएको प्याज,खदान,कपडा तथा किराना समानहरु अहिलेसम्मकै बढी मात्रामा समातेको भन्सारको रिपोर्ट बाट प्रष्ट हुन्छ ।
जिल्ला प्रहरी कार्यालय बाराको कार्य अहिलेसम्मकै राम्रो रहेको एक स्थानीयले बताउँछन्।
एसपी काफले प्रहरी भित्र एक सफल तथा निडर प्रहरी अधिकृतको रूपमा प्रसिद्ध छन् ।प्रायः कम बोल्ने,मिडियामा मोह नभएको,तर अनुसन्धान लाई सफल अनुसन्धान गर्ने अधिकृत हुन।
बारा जिल्लामा अहिले प्रहरीको गस्ती तथा मोबाइल चेकिग एवम् ग्रामीण भेगमा समेत प्रहरी गस्ती बढाइएको मधेसभ्युज फिल्डमा घुम्दा प्रहरी उपस्थिति देखेको छ।