कमान्ड कन्ट्रोलमा अबल,एसपी ज्ञवाली २०२ जना फरार प्रतिवादी पक्राउ

  |

०४ आइतबार
उदेश पाण्डे
पर्सा !जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ (एसपी) को आगमन सगै जिल्लाको शान्ति सुरक्षामा व्यापक सुधार देखिएको छ।सर्लाही प्रहरी ठुलो सफलता समेत मिलेको छ।
अहिले फरार प्रतिवादी पक्राउमा तदारुकता देखाएको तथा २०२ जना फरार प्रतिवादी पक्राउ गरेको खबर प्राप्त भएको छ।
नयाँ एसपीको रूपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आएका भएका प्र उ दयानिधी ज्ञवाली जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहतमा व्यापक सुधार ल्याएका छन।ग्रामीण भेग बाट सदरमुकाम अर्थात
जिल्ला प्रहरी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई प्रहरीले दिनुपर्ने सेवा छिटो भन्दा छिटो दिन आदेश गरे।
प्रहरी कार्यालयमा आउने सेवाग्राही लाई आदर दिएर बोल्न मातहत समेत लाई आदेश गरे।जिल्ला प्रहरी कार्यालय भित्र महिला सेल,अ, अ शाखा,अनुचित लेन्देन शाखा,उजुरी छानबिन शाखा सबैलाई आफ्नो जिम्मेवारी कर्तव्य निष्ठ भएरआफ्नो जिम्मेवारी निर्वाह गर्न सुझाव दिए जिल्ला भित्र जुनियर प्रहरी अधिकृत तथा सिनियर प्रहरी अधिकृतहरुको जिम्मेवारी समेत हेरफेर गरे।”Right Man Right Place” अनुसार जिम्मेवारी बाड्फाड गरे।
प्रायः मुद्दा  फाट,उजुरी छानीछानी तथा अनुचित लेनदेन हेर्ने शाखाहरुमा अहिले नागरिकको काम बिना भन्सुन भइरहेको छ।प्रहरी राज्यको एक असल पात्रको रूपमा अहिले देखिएको छ।
एसपि दयानिधी ज्ञवाली लाई सर्लाहीको नागरिकले उतम सुवेदी सग तुलना गरेको सुनिएको छ।सर्लाहीका एसपी आफ्नो मातहतका सबै सिमानाकामा रहेका प्रहरी चौकी इन्चार्जहरु लाई प्रष्ट आदेस गरेका छन् तस्करी रोक्नु कुनै कसर बाकी नराख्न भने कुनै पनि हालतमा तस्करी रोकेर देखाउनु भने कुरा भनेको बुझिएको छ।
तराईको जिल्लाहरुमा अहिले ठाउँ ठाउँमा केही विवाद देखिएको र सर्लाहीमा समेत त्यस् प्रकारको घटना घटाउने नियतले मन्दिर तोडफोड गरेर हिन्दु मुस्लिम बीच लडाउने युवा लाई पक्राउ गर्न सफल भएकोमा सर्लाही प्रहरी लाई अहिले धेरैले प्रसंशा समेत गरेको पाइएको छ।
मधेसभ्युजले त्यार पारेको एक रिपोर्टमा सर्लाही प्रहरी प्रमुखको कार्य बाट नागरिक सन्तुष्ट रहेकोे बुझिएको छ।