महोत्तरी एसपी एक्सनमा:१९ जना फरार प्रतिवादी पक्राउ

  |

०४ फाल्गुन २०८०
उदेस पाण्डे
पर्सा !जिल्ला प्रहरी कार्यालय महोत्तरीले फरार प्रतिवादी १९ जना लाई पक्राउ गरि कानुनी कठघरामा पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नयाँ प्रहरी प्रमुखको रूपमा आएका एसपी श्याम कुमार राई अपराधी तथा तस्कर विरुद्ध आक्रमक देखिएका छन ।
जिल्ला प्रहरी कार्यालयका शाखाहरुमा सेवाग्राहीले जाहेरी लिएर जान साथ प्रहरीले कानुन रित पुर्याइ कानुन बमोजिम प्रहरीले गर्नुपर्ने काम तिब्र गतिमा महोत्तरी प्रहरीले गर्न थालेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालयमा महोत्तरी बिचौलियाहरुको लागि निशेध गरेको छ।तथा पीडितहरुको समस्या एसपि आफै सुन्ने र लेखेर एसपी राइ संबंधित फाट लाई तुरुन्तै आदेश गर्छन् ।
जिल्ला प्रहरी कार्यालयमा अ,अ फाट,अनुचित लेनदेन शाखा,महिला सेल,उजुरी छानबिन शाखा लाई प्रष्ट आदेश गरेका छन।सेवाग्राही सग नरम तथा शिष्ट बोल्ने काम छिटोभन्दा छिटो गर्ने।त्यहीँ अनुसार अहिले जिल्ला प्रहरी कार्यालय तथा अन्य मातहतमा समेत यो कार्य लागु भएको देखिएको छ।
महोत्तरी प्रहरी प्रमुखको रूपमा एसपी श्याम राई आउन साथ जिल्लामा शान्ति सुरक्षा चुस्त दुरुस्त भएको छ।प्रहरीले नागरिक अर्थात सेवाग्राही लाई प्राथमिकता मा राखी जनमैत्री सेवा प्रदान गर्दै महोत्तरी प्रहरी काम कार्वाही सम्बन्धि बनाएएक रिपोर्ट

मधेसभ्युजले गरेको फिल्ड रिपोर्टिङमा महोत्तरी जिल्ला अन्तर्गत हरेक ठाउँ ठाउँमा प्रहरी बाटोमा तथा सिमाना डिउटीमा सुरक्षाकर्मी कर्तव्य निष्ठ रूपमा डिउटी गरिरहेको देखिएको छ।
एसपी श्याम कुमार राई प्रहरी भित्र एक बोल्ड कमान्डरको रूपमा परिचय बनाएको प्रहरी अधिकृत हुन ।कम बोल्ने काम धेरै गर्ने महोत्तरी प्रहरी सग स्थानीय अहिले खुशी रहेको महोत्तरी स्थिति खैरनीका सन्जय यादवले बताए।
प्रहरी सामुदायिक स्कुल कार्यक्रम तथा अन्य समाज लाई हित हुने कार्यमा प्रहरी तदारुकता बढाएको देखिएको छ।