सशस्त्रको सिपाही सिमानाको सान:आइजीपि द्वार अन्तरक्रिया कार्यक्रम

  |

१०,शनिबार २०८०
उदेस पाण्डे
पर्सा !सशस्त्र प्रहरी बल प्रधान कार्यालयले अहिले सिमाबासीसग सशस्त्र प्रहरी कार्यक्रम सुरु गरेको छ।सशस्त्र प्रहरी महानिरीक्षकको रूपमा राजु अर्याल सशस्त्र प्रहरी प्रमुख भए देखी सशस्त्र प्रहरीमा व्यापक सुधार आएको छ।फौजमा कार्यरत सबै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च भएको तथा आशावादी भएको समेत बुझिएको छ।
अहिले मधेस,पहाड,हिमाल सबै तिर सशस्त्र प्रहरी बल लोकप्रिय बन्दै गइरहेको कुरा एक रिपोर्टले देखाएको छ।
सिमाना सशस्त्र प्रहरी गस्ती गरेको कारण चोरीपैठारी नियन्त्रणका साथ साथै सिमा अपराध समेत कम भएको छ।२०५७ सालमा गठन भएको सशस्त्र प्रहरी अहिलेसम्मकै राम्रो कार्यक्रम लिएर सिमाबासीसग अन्तरक्रिया लिएने कार्य सुरु गरेको छ।
यस किसिमको कार्यक्रम बाट स्थानीयबासीहरु हर्सित भएको देखिएको छ।
आज सशस्त्र प्रहरी बल पर्साले राजस्व चुहावट तथा सिमा अपराध नियन्त्रण अन्तरक्रिया कार्यक्रममा धेरैले भन्सारको कर्मचारी तथा कमिकमजोरी बारे प्रश्न उठाएका थिए ।
मधेसभ्युजले त्यार पारेको एक रिपोर्ट अनुसार बिगतको तुलनामा अहिले सशस्त्र प्रहरी प्रती नागरिकको भरोसा बढ्नुको साथै तस्करी समेत नियन्त्रण हुन थालेको देखिएको छ।