गृहमन्त्री लामिछानेसँग भारत र कोरियाका राजदूतको भेटवार्ता

  |

१३,मगलवार २०८०
उदेस पाण्डे
पर्सा!उप-प्रधान तथा गृहमन्त्री रवि लामिछाने गृहमन्त्रीको रूपमा आफ्नो जिम्मेवारी राम्रो सित निर्वाह गरेर नागरिकको नजरमा हिरो साबित हुँदै गइरहेको बेला उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने सग भारतीय राजदूत नवीन श्रीवास्तव र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन्
। सिंहदरबारस्थित गृहमन्त्रालयमा उपप्रधानमन्त्री लामिछानेसँग दुवै राजदूतले छुट्टाछुट्टै मंगलबार भेटवार्ता गरेका हुन् ।

उपप्रधानमन्त्री लामिछाने र भारतीय राजदूतबीच नेपाल-भारत सम्बन्धबारे छलफल भएको थियो । गृह अनुसार भारतीय राजदूतसँगको भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा दुई देशबीच जनस्तरमा रहेको गहिरो, बृहत र विविधतापूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्ने प्रयासबारे छलफल भएको थियो । ‘खुला सीमाबीच पनि दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुबै पक्ष सहमत भएका छन्,’ न्यौपानेले भने, ‘राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसारपसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको थियो ।’

त्यस्तै, राजदूत श्रीवास्तवले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको गृहमन्त्रीलाई जानकारी गराएका थिए ।

गृहमन्त्री लामिछानेले भनेका थिए, ‘दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदानप्रदानमा थप समन्वय, सहमतिका लागि प्रस्तावित क्षेत्र र विषयमा तत्काल छलफल गरिने तथा जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने’ बताएका थिए

तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनु पर्ने र भएकालाई स्तारोन्नतिसहित नियमित र विश्वासिलो बनाउनु पर्नेमा गृहमन्त्री लामिछानेले जोड दिएका थिए । ‘सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन भारत इच्छुक रहेको राजदूत श्रीवास्तवको भनाइ थियो,’

त्यस्तै, उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले गरेको भेटमा नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा शुभकामना अदान–प्रदान भएको गृहले जानकारी दिए ।

राजदूत ताइयोङले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने बताएका थिए । ‘दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपालमा कोरियाबाट प्रत्यक्ष वैदेशिक लगानी र सहायतामा भित्र्याउन पनि जोड दिइएको राजदूतको भनाइ रह्यो,”दक्षिण कोरियामा काम गर्ने श्रमिक र श्रमिकको परिवारको तर्फबाट समानजनक काम गर्न अवसर दिएकोमा गृहमन्त्रीबाट धन्यवाद व्यक्त गर्दै कृषि, उद्योग, पर्यटन, सीप विकास, प्रविधि हस्तान्तरणजस्ता क्षेत्रमा दक्षिण कोरियाको ठूलो सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गर्नुभयो