सिंघम शैलीमा पर्सा प्रहरीद्वारा:कल बाइपास गर्ने ३ जना चीनिया नागरिक पक्राउ

  |

१८, आइतबार २०८०
उदेश पाण्डे
पर्सा!जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख (एसपी) कुमोध ढुगेल अपराधीको लागि काल तथा गलत प्रवृत्तिको मानिसको लागि त्रास बनेको बुझिएको छ।आज बिरगंजमा अबैध तरिकाबाट कल बाइपास गरेर नेट्वोर्क धन्दा चलाउने चिनियाँ नागरिक लाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
शनिबार प्रहरीले बिरगंज १५ लक्ष्मणवास्थित एक घरबाट छापामारी गरि ३ जना बिदेशी नागरिक लाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
यसको बारेमा बिस्तृत अनुसंधान भैरहेको प्रहरी स्रोतले मधेसभियुज लाई जानकारी गराए
जिल्ला प्रहरी कार्यालय पर्सामा नयाँ प्रहरी प्रमुखको रूपमा (एसपी)कुमोध ढुगेल आए देखि पर्सा जिल्लाको शान्ति सुरक्षामा सकारात्मक सुधार आएको छ।तस्करी बन्द भएको तथा जिल्ला भित्र विभिन्न शाखाहरु जस्तो महिला सेल,उजुरी छानबिन ,मुद्दा फाट यी सबै शाखाहरुमा सेवाग्राहीलाई प्रहरीले दिनुपर्ने सेवा नियम बमोजिम दिइरहेको तथा बिचौलीयाहरुको हालीमुहाली बन्द भएको छ।अचेल दलालहरु जिल्लामा देखा पर्दैनन्
बिरगंज जिप्रका पहाडको जिल्ला प्रहरी कार्यालय जस्तो देखिएको छ।प्रहरीले गर्नुपर्ने नियम अनुसारको काममा भन्सुन चल्दैन जिल्ला प्रहरी कार्यालय पर्सा आम नागरिकको मनको आश तथा भरोसा बन्दै गरेको देखिएको छ।
एसपी कुमोध ढुगेल प्रहरी भित्र एक काबिल, सफल,निडर,कमान्डर तथा कम बोल्ने कामगर्ने एवम् लो प्रोफाइल बस्न रुचाउने प्रहरी अधिकृतको रूपमा परिचित प्रहरी अधिकृत हुन।