२५ चैत्र २०८० आइतबार
नेपाल प्रहरी भित्र एउटा् आदर्श वाक्य छ।”सत्य,सेवा सुरक्षणम” Truth, Service, Security यो वाक्य लाई सर्बपरी मानेर हिड्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम लाल ज्ञवाली प्रहरी भित्र एक सफल एवम् अनुसन्धानमा अबल तथा “लो” प्रोफाइलमा बस्न रुचाउने प्रहरी अधिकृतको रूपमा परिचित प्रहरी अधिकृत हुन।प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली नेपाल प्रहरीमा २०५१-१२-०५ गते प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेको एआइजी श्याम लाल ज्ञवाली प्रहरी भित्र इतिहासकै बोल्ड तथा उदाहरणिय काम गरे।नेपाल प्रहरी को त्यो कार्य बाट देश तथा बिदेशमा समेत प्रहरीको काम,कार्वाही लाई सराहनीय तथा साहसी कार्य भएको नागरिकहरुको भनाइ थियो।
भुटानी शरणार्थी काण्डमा मुछिएका पुर्ब गृहमन्त्री बाल कृष्ण खाण तथा अन्य घटनाहरुको सफल अनुसन्धान गरे।
काठमाडौ उपत्यका प्रहरी प्रमुख हुँदा प्रहरीको मनोबल उच्च गरे तथा नागरिक लाई सुरक्षा महसुस हुने काम गरे।राजधानीमा बसोबास गर्ने तराई मुलुकका तराईबासिको समस्या सुन्दा भोजपुरी समेत बोल्थे।तराई पहाड,हिमाल सबैलाई समान नजरले हेरे
राम्रो काम गरेको कारण केहि खराब सोच भएका समुह (एआइजि) विरुद्ध जथाभावी प्रचारप्रसार समेत गरे।कहिले अमेरिकाको नागरिक भएको प्रचार गरे कहिले जन्म मितिको बारेमा गलत प्रचारप्रसार गरे।तर वास्तविक बुझ्दै जादा एआइजी माथि लगाइएको सबै आरोप गलत थियो केही निहित स्वार्थ राखेर राम्रो प्रहरी अधिकृत लाई बदनाम गरिएको बुझिएको छ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम लाल ज्ञवाली आफ्नो जिवनमा एक चोटि ५६ वर्षको उमेरमा पुग्दा समेत एक चोटि दुबई गएको बुझिएको छ।
अहिले राम्रो गृहमन्त्रीको रूपमा माननीय उप-प्रधान तथा गृहमन्त्री रबि लामिछाने आए पछि (सिआइबी) प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरिरहेका प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली आफ्नो कर्तव्य पथमा इमानदारीपूर्वक कार्य गरिरहेको बुझिएको छ।
वर्तमान सरकार Right Officer Right Place मा राखेको कुरा पुर्ब प्रहरी अधिकृत बताउँछन्
नेपाल प्रहरी भित्र अहिलेसम्मकै उच्च सकारात्मक परिवर्तन आएको छ।अहिले प्रहरी कर्मचारीहरु नेताको दबाबमा काम गर्ने परम्पराको अन्त भएको छ।धेरै समय पछि गृहमा यस्तो परिवर्तन आएको कुरा यस् मधेसभिउज लाई जानकारी प्राप्त भएको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy