
२०८० चैत्र २६ सोमबार
उदेस पाण्डे
पर्सा !नेपाल प्रहरी भित्र “घुमुवा”अर्थात सादा पोसाकका प्रहरी लाई नागरिकले हेर्ने दृस्टी नै फरक छ।विभिन्न मिति र समयमा घुमुवा प्रहरीहरु गरेको आतंक बाट आम नागरिक हैरान तथा बिनाकारण दु:ख भोगेको गुनासो प्रहरी प्रधान कार्यालय तथा गृह मन्त्रालयमा सबै भन्दा बढी पुगेको छ।घुमुवा प्रहरी कहि कहि आफै आपराधिक कार्य गरेको पनि विभिन्न घटनाले देखाएको छ।जस्तो धनुषा जिल्ला प्रहरी कार्यालयको घुमुवा आम नागरिकको पैसा र मोबाइल लुटेको कारण अहिले निलम्बनमा परेका कुनै ठाउँमा घुमुवा प्रहरी आफै तस्करीको लाइन खुलाएको कानुनी रित नपुर्याइ कानुनको बिपरित कार्य गर्ने काममा तराईमा खटेका घुमुवा प्रहरी माथि आरोप छ।
गृहमन्त्रीको आदेश बिपरित जिल्ला प्रहरी कार्यालय महोत्तरी घुमुवा प्रहरी खटाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको घुमुवा सबै बदनाम छ।महोत्तरी बाट तस्करी चलेको कारण २ महिना नपुगदै एसपी तानिएको छ।अख्तियर दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरी पैसा लिदै गर्दा प्रहरी लाई समातेको घटना अहिले चर्चामा छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट घुमुवा प्रहरीको रूपमा खटिएका प्र स ह राजेस यादव,प्र स ह: धर्मेन्द्र यादव,प्र स ह:सन्जय जैसवाल,जिल्ला प्रहरी कार्यालय महोत्तरीको घुमुवाको रूपमा कार्यरत छन् तसैगरी ईलाका प्रहरी कार्यालय गौशालाका खुन्खार घुमुवा प्र ह सिवजनम यादव लाई राखिएको छ।सिवजनमको नाम पत्र पत्रीकामा सार्वजनिक हुन थाले पछि निज लाई ईलाका प्रहरी कार्यालय गौशाला मातहतका प्रहरी चौकीमा कार्यरत देखाइएको छ।तर काम घुमुवाकै काम गर्छन्
यसैगरी ईलाका प्रहरी कार्यालय बर्दिवासका घुमुवा प्रहरी प्र स ह बैजनाथ यादव लाई भित्री रूपमा घुमुवाको रूपमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी बाट निलम्बित तथा महोत्तरीमा बदनाम भएको प्र स नि बच्चा यादव देखावटी रूपमा गणमा तानिएको भए पनि निज महोत्तरी जिल्लामा आएर घुमुवाको काम गर्दै छन् केहि महिना पहिला महोत्तरीको सबै घुमुवा प्रहरी मिलेर कालिया भन्नेको तसकरीको लाइन चलाएको तर नागरिकको बिरोधको कारण जिल्ला प्रहरीको तत्कालीन एसपी मल्लले उक्त तस्करीको समान बरामद गरे पछि सबै घुमुवाहरुको पोल खुलेको थियोे निजहरुको मोबाइलमा तस्कर सग कुरा भएको कारण सबै लाई डिउटी समेत हालिएको थियोे तर पछि एसपी सरुवा हुँदा पुनः घुमुवा आतंक सुरु भयो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा अहिले घुमुवा आतंकको कारण सिमानामा खटिएका जुनियर प्रहरी अधिकृत हैरान छन् नाम नबताउने शर्तमा एक जना बरिस्ठ सइ भन्छन् घुमुवाको कारण राम्रो प्रहरी बदनाम छन् ।