दक्ष अधिकृतको अब्बल कमान्ड: शोभा-यात्रा शान्तिपूर्ण रूपमा समापन

  |

१६,आइतबार २०८१
उदेश पाण्डे
पर्सा!बिरगंजमा हनुमान जयन्तीको उपलक्ष्यमा आयोजित शोभा यात्रा प्रहरीको चुस्त दुरुस्त शान्ति सुरक्षाको कारण शान्तिपुर्ण रूपमा समापन भएको छ।
हनुमान जयन्तीको उपलक्ष्यमा आयोजना गरिएको शोभा यात्रामा ५००० हजार भन्दा बढीको भिड थियो।उक्त भिडमा अनेकौं किसिमको घटना हुन सक्ने संभावना तथा डर त्रास थियोे तर पर्साको बहादुर प्रहरी प्रमुख तथा प्रदेश प्रहरी प्रमुख उक्त भिड लाई एक कुशल कमान्डरको रूपमा लिड गरेर हुन सक्ने सम्भाबित घटना बाट जोगाए।
प्रहरी भित्र एक निडर साहसिक एवम् जिम्मेवार प्रहरी अधिकृतको परिचय बनाएको पर्सा प्रहरी प्रमुख “एसपी”कुमोध ढुगेल भिड नियन्त्रणको अप्रेसन कमान्डर भएर फ्रन्ट लाइनमा केहि प्रहरी टोलि लिएर लिड गरिरहेका थिए।उक्त सोभा यात्रामा करिब ५०० जना प्रहरी परिचालन गरिएको थियो।त्यसैगरि प्रदेश प्रहरी प्रमुख “डिआइजी”यज्ञ बिनोध पोखरेलको आदेशमा प्रहरी गण बाट प्रहरी नायब निरीक्षक अमित रोयको कमान्डमा १६३ जना प्रहरी परिचालन गरेका थिए।तथा बारम्बार अप्डेट लिइ रहेका थिए। तथा आफू समेत एक असल,जिम्मेवार कमान्डर झै थपमद्दतको रूपमा फिल्डमा खटिन स्टेन्वाइ थिए ।
बिगतका दिनहरुमा विभिन्न जिल्लाहरु हिन्दु मुस्लिम विवादको खतरा पर्सामा समेत रहेको सम्भावना तथा ठुलो सुरक्षा चुनौती थियो।यो शोभा यात्रामा प्रहरीको अबल नेतृत्व कुशल कमान्ड भिड नियन्त्रण गर्ने राम्रो टेक्टिस भएको कारण शान्तिपुर्ण रूपमा शोभा यात्रा समापन भएको छ।
उक्त शोभा यात्रामा खटिएको सम्पुर्ण प्रहरी कर्मचारीहरु तदारुकता साथ आफ्नो जिम्मेवारी निर्वाह गरेको भनेर प्रदेश प्रहरी कार्यालयको प्रमुख डिआइजी बाट धन्यवाद समेतको भनिएको छ।वास्तवमा प्रहरी धन्यवादको पात्र छ।हिजोको सोभा यात्राको क्रममा केही घटना समेत हुने डर थियो बिरगंज वासिलाइ तर बिना कुनै भय त्रास शान्तिपूर्ण रूपमा सोभा यात्रा समापन गराए पश्चात् प्रहरी लाई नगरवासी खुलेर लेर प्रसंशा गरेका छन् ।अहिले पर्सा प्रहरी प्रमुख (एसपी)लाई नागरिकहरुको नजरमा नायक अर्थात हिरोको पात्र बनेका छन्।