भर्ना अभियान फोटो,बाइनरमा मात्रै सिमित :गैह्र जिम्मेवारी देखिए शिक्षकहरु

  |

१६,आइतबार २०८१ बैशाख
उदेश पाण्डे
पर्सा !पर्सा जिल्लाभरमा कार्यरत सामुदायिक बिधालयहरुको प्रधानाध्यापक तथा शिक्षक कर्मचारीहरुले बिद्यार्थी भर्ना अभियानमा तदारुकता नदेखाएको खबर प्राप्त भएको छ।
सामुदायिक बिधालयको बारेमा पटकपटक अभिभावक बाट गुनासो आउँदा समेत सामुदायिक बिधालयहरुमा सुधार आउन सकेन।पर्सा जिल्लाभरमा ७७ वटा माध्यमिक बिधालय तथा झन्डै २०० जति आधारभुत तहका बिधालय छ।तर विद्यार्थी भर्ना अभियान समेत राम्रो सग गर्न सकेका छैनन् ।भर्ना अभियानको नारा छ।
भर्ना अभियान २०८१ को नारा
“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” यस लाई प्रधानाध्यापक तथा शिक्षक तस्बिरमा मात्रै सिमित राखेको खबर विभिन्न स्रोत बाट यस् मधेसभ्युज लाई प्राप्त भएको छ।
नाम गोप्य राख्दिने शर्तमा एक जना माध्यमिक बिधालयको प्र अ ले भन्नु भयो फोटो तथा सेल्फी बाइनरमा मात्रै सिमित रहयो भर्ना अभियान ।
शिक्षकहरुको एक समुह बाहिर देखावटी रूपमा केहि मानिस तथा बालबालिकाहरु सग फोटो खिचाएर समाजिक संजालमा राखेकै भरमा भर्ना अभियान समाप्त गरेको गुनासो अभिभावकले गरेका छन् ।
प्रायः सामुदायिक बिधालयहरुमा गरिब तथा बिपन्न परिवारको बिद्यार्थीहरु पढ्ने सामुदायिक बिधालयमा दिनप्रतिदिन शिक्षाको गुणस्तर पनि खस्किएको छ।
समाजिक अभियानता एवम् पुर्ब शिक्षक सारु मोक्तान बताउँछन्।शिक्षा स्थानीय तहमा आए देखी स्कुलमा राजनीतिक चलखेल बढी हुनथालेको छ।
पर्साका धेरै आधारभुत तहका बिधालयहरुमा अन्तिम परिक्षाको उतर पुस्तिका समेत राम्रो शीत परिक्षण नभएको एक जना अभिभावकले बताउँछन् ।
हरेक गाउँपालिका नगर पालीकामा शिक्षा शाखा छ तर त्यो प्रभाकारी ढंग बाट काम गरेको छैन कारण एउटै छ राजनीतिक दबाब।
हरेक सामुदायिक बिधालयहरुमा पार्टीको शिक्षक पार्टीको प्र अ अनि खोजी निति कसले गर्ने ।