राष्ट्रिय झण्डा फेर्न नसक्ने मेयर:सस्तो लोकप्रियतामा ब्यस्त

०४,शुक्रबार २०८१
उदेश पाण्डे!
पर्सा !बिन्दबासनी गाउँपालिकाको अध्यक्ष प्रमोद तिवारी सस्तो लोकप्रियता तिर बढी केन्द्रित हुँदा गाउँपालिकामा बिकाशका कार्यहरुमा अबरोध देखिएको छ।मेयर प्रमोद तिवारीले कस्तो बिकाश गरे होलान् भने अनुमान लगाउन सकिन्छ। सिमाना राखिएको देशको झन्डाले देखाएको छ।नेपाल भारतको सिमाना पर्ने वडा नम्बर ०५ प्रसौनीभाठा स्थित सिमाना नजिक रहेको नेपाली झण्डा चयातिएर टुक्राटुक्रा भएको छ।तर मेयर बेखबर छन् ।मेयर सस्तो लोकप्रियतामा रमाउने नागरिकहरु सास्ती भोगिरहेको देखिएको छ।देशको झणडा फेर्न नसक्ने मेयर शिक्षा,स्वास्थ,तथा अन्य बिकाश निर्माणमा कस्तो काम गरे होला प्रष्ट रूपमा बुझ्न सकिन्छ ।
मेयर केहि महिना पहिला डोजर चलाएर सार्वजनिक जग्गा त खाली गराए तर अहिले सार्वजनिक रोड पुनः मिचिएको छ।बिन्दबासनी गाउपालिका अनतर्गत ०५ नम्बर वडामा सिमेन्टेड गरिएको सडक च्यापेर प्रयोगमा छ।मेयरको तजबिजको आधारमा गाउँपालीका चल्न थालेको एक जना स्थानीयले बताए।गाउँपालिका कानुन अनुसार चल्ने हो।तर मेयर आफ्नो मनोमानी ढंगले चलाउदै आइरहेको जनगुनासो बढ्दै छ।सामुदायिक बिधालयहरुमा दिवा खाजा, शिक्षक समयमा नआउने विद्यार्थीहरु लाई राम्रो शिक्षा नदिने कतिपय स्कुलहरुमा विद्यार्थीहरु लाई गृहकार्य समेत शिक्षकले नदिएको तथा विद्यार्थीहरुले गृहकार्य बनाएर लैजादा चेक समेत नगरेको नाम नबताउने शर्तमा उक्त गापा मातहतका बिद्यार्थीहरु यस मधेशभ्युज डट्कम लाई बताए ।
केही सामुदायिक बिधालयहरुमा आफ्नो नातेदार तथा नजिकको शिक्षक लाई प्राचार्य बनाएको उक्त कुराको बिरोध समेत भएको तथा उच्च अदालतमा मुद्दा समेत परेको थियो।बिन्दबासनि गापाका प्रमुख र प्रशासकीय अधिकृत राकेश ओझा मिलेर आफ्नो मनोमानी ढंगले कार्य गरिरहेको बुझिएको छ।
बिन्दबासनी गाउँपालीकाको कुल जनसंख्या २४,४८८ भन्दा बढी छ।विभिन्न काम तथा सिफारिस गराउन सम्बन्धि शाखामा जादा सेवाग्राही लाई गापाका कर्मचारीहरु अनावश्यक हैरानी दिने गरेको कुरा बुझनमा आएको छ ।