०४,शुक्रबार २०८१
उदेस पाण्डे
पर्सा !मधेस प्रदेशका आठै वटा जिल्ला प्रहरी कार्यालयहरुमा मुद्दा फाट्ट अर्थात अपराध अनुसन्धान शाखा तथा अनुचित लेनदेन शाखामा खटिएका प्रहरी कर्मचारीहरुले नागरिक लाई अनावश्यक हैरानी तथा दु:ख दिन थालेको खबर मधेशभ्युज डटकम लाई प्राप्त भएको छ।
तराईका जिल्लाहरुमा मुद्दाको चाप बढी नै छ।प्रहरीमा अहिले मुद्दा फाट्टमा खटिने प्रहरी कर्मचारीहरु घुमुवा प्रहरी जस्तो बद्नाम भएको विभिन्न अनुसन्धानले देखाएको छ।मुद्दा फाटमा कार्यरत प्रहरी कर्मचारीहरु मिसिल कम्जोर बनाइ दिने,मुद्दा छिटो अदालतमा बुझाइ दिने,फितलो अनुसन्धान गरेर दोसि लाई उम्कन सहयोग गरेको आरोप छ।एकै जिल्लामा पटकपटक बसन सफल हुने प्रहरी कर्मचारीहरुमा अहिले गैर क्रियाकलाप देखिएको छ।हालका प्रहरी प्रमुख बसन्त कुवर मधेस प्रदेशको प्रहरी प्रमुख हुँदा मुद्दामा कार्यरत सिनियर प्रहरी अधिकृत देखी जुनियर प्रहरी अधिकृत सम्मलाई अदलीबदलि गरेका थिए ।त्यस पछि मुद्दा फाट्टहरुमा केही सुधार आएको थियो।त्यस् पछि फेरि अहिले ।पटकपटक मुद्दामा बस्ने प्रहरी कर्मचारीहरुले गल्ती गरेको सबुत प्रमाण समेत फेला परेर कार्वाही समेत भएको थियोे ।जिल्ला प्रहरी कार्यालयमा पर्साका मुद्दा शाखाका सिनियर प्रहरी अधिकृत दुई जना तथा जुनियरतर्फ एक जना लाई कार्वाही समेत एक वर्ष पहिला भएको थियोे एक वर्ष पहिला अन्य अन्य जिल्लाहरुमा समेत मुद्दा फाट्मा बस्ने प्रहरी कर्मचारीहरु माथि नागरिकको आक्रोश बढेको छ।
हामीले नागरिक सग यस् विषयमा सोधपुछ गर्दा धेरैको ज्वाफ थियो मुद्दाका प्रहरी कर्मचारी अनावश्यक दु:ख हैरानी दिन्छन् आर्थिक चलखेल बिना फाइल अगाडि बढाउदैन्न।अनुसन्धानको नाममा धेरै समय लाउने छिटोछरितो काम नगर्ने जस्तो कुरा सुनाए ।
मुद्दा भनेको कुनै पक्ष विपक्ष का बिचमा वाद विवाद उत्पन्न भई न्यायिक वा अर्धन्यायिक निकायहरुबाट सबुतप्रमाण अध्ययन गरी टुङ्गोमा पुग्ने प्रक्रियालाई मुद्दाको रुपमा लिन सकिन्छ। अपराधको प्रकृति हेरी फौजदारी र देवानी गरी मुद्दालाई दुई प्रकारमा विभाजन गरिएको हुन्छ। समाजका विरुद्ध गरिएका जुनसुकै अपराधको विरुद्धमा अदालत समक्ष दर्ता गरिएका मुद्दाहरुको फौजदारी मुद्दा हुन् भने सामाजिक प्राप्त नभई कुनै व्यक्ति वा संस्थाको हक अधिकार सरोकार राख्ने मुद्दाहरु देवानी मुद्दा हुन्।मधेसमा पहिला थुन्ने त्यस् पछि सुन्ने ।
जिल्ला प्रहरी कार्यालय मातहतका अहिले सबैभन्दा बद्नाम शाखा मुद्दा पछिको छ।मिटर ब्याजी हरेक जिल्ला प्रहरी कार्यालयमा मिटर ब्याजि अर्थात अनुचित लेनदेन शाखाको बिस्तार गरिएको छ।जसको फाइदा उक्त फाट्टमा कार्यरत प्रहरी कर्मचारी उठाइरहेको पाइएको छ।पीडित लाई सुन्नु र न्याय दिनुपर्नेमा प्रहरी साहुको तर्फबाट बढी पैरवी र हैकम बादी देखाएको बुझिएको छ।मधेसमा प्रहरी लाई कमाइ खाने एउटा् फर्मुला बनेको छ।मिटर ब्याज।
जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाट्ट दलालले चलाउछ भने धेरै गुनासो माथी सम्म पुगेको नाम नबताउने शर्तमा जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले यस मिडिया लाई भने मधेसमा प्रहरीले पैसा कमाउन लाई केटाकेटी भागदा उसको घरका मान्छे लाई बिनाकारण थुन्ने
हरेक जिल्ला प्रहरी कार्यालयको अ अ शाखामा कार्यरत सिनियर प्रहरी अधिकृत देखी जुनियरतर्फको मोबाईल कल डिटेल र दलालको मोबाइलको कल डिटेल समेत चेक गरियो भने धेरै सबुत प्रमाण खुल्छ।मधेस प्रदेशको प्रहरी कार्यालयहरुमा मुद्दा शाखा तथा अनुचित लेनदेन शाखामा व्यापक दलाली हुने गरेको छ।तथा साता सग नजिक राजनीतिक दलको पार्टीको मान्छे लाई जस्तोसुकै मुद्दामा सहयोग गर्ने गरेको एक जना समाजिक अगुवाको भनाइ छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy