०५,शनिबार २०८१
उदेस पाण्डे
पर्सा !बिरगंज महानगर पालिकाको मेयर राजेश मान सिह लाई सात्ता पक्षको आशीर्वाद प्राप्त भएको कारण प्रहरीले मेयर सिह विरुद्ध पक्राउ पुर्जी जारी गर्न ढिलाइ गरेको समाचार मधेशभ्युज डट्कम लाई प्राप्त भएको छ।
नेपाल प्रहरी माथि बारम्बार आरोप लागने गरेको मुख्य मुद्दा हो।साता सग नजिक अर्थात पावर,शक्तिशाली,पहुँच भएको राजनीतिक मानिसहरु माथि गम्भीर प्रकृतिको आरोप लागदा समेत तदारुकता साथ कानुनी प्रक्रिया अगाडि नबढाउने आरोप लागदै आइरहेको छ।
विभिन्न घटनाक्रमले उक्त कुरा सत्य हो भने प्रमाणीत समेत हुँदै गइरहेका हामी देखन सक्छौं ।
बिरगंज महानगर पालिकाको मेयर राजेशमान सिह माथी “लिखत सम्बन्धि”तथा नागरिकता किर्ते मुद्दा दर्ता हुदाहुदै पनि पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छैन।फौजदारी मुद्दामा आरोपित मेयर लाई उच्च राजनीतिक नेताको आशिर्वादको कारण प्रहरी समेत आफ्नो कर्तव्य बाट पछि हटेको आम नागरिकको भनाइ रहेको बुझिएको छ।
अपराध सहिता २०७४ को परिच्छेद २५ तथा
२७६. कीर्ते गर्न नहुनेः (१) कसैले कीर्ते गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ ।
तैपनि विभिन्न शक्तिकेन्द्रको आशीर्वादमा बिरगंजको मेयर राजेशमान सिह लाई पर्सा प्रहरीले केहि गर्न सकिरहेको छैन
यसको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी कुमार बिक्रम थापा सग सोध्दा ढाकछोप जवाफ् दिनु भयो र भन्नु भयो आउनु याहा बसेर कुरा गरौंला वहाँको ज्वाफ एक जिम्मेवार सूचना अधिकारीको जस्तो थिएन ।
फौजदारी मुद्दा लागेको ब्यती सार्वजनिक पद धारण गर्ने नगर्ने भन्ने बारेमा अहिले बहस सुरु भएको छ।