०५,शनिबार २०८१
उदेस पाण्डे
पर्सा ! एमाले पदाधिकारीको शपथ ग्रहण तथा सखुवाप्रसौनी गाउँ पालिकाको भवन उदघाटन कार्यक्रममा सहभागी हुन पर्सा आइपुगेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारले अभियुक्त बनाएको व्यक्तिको गाडीमा यात्रा गर्न पुगेका छन् । शुक्रबार पर्सा आइपुगेका एमाले अध्यक्ष ओलीलाई सरकारले अभियुक्त करार गरेका नेशनल मेडिकल कलेजका एमडी शाहनवाज अन्सारीले आतिथ्य गरेका हुन् ।
पर्सामा बसुन्जेल अध्यक्ष ओलीले मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दिन अन्सारी एवम उनका छोरा एमडी अन्सारी चढ्ने बा १६ च ७८६ नम्बरको ‘ल्याण्डक्रुजर’ गाडी प्रयोग गरेका थिए । अध्यक्ष ओलीले मेडिकल व्यवसायी अन्सारीका परिवारसँग पनि भेटघाट गरेका थिए । यसको तस्बिरमाथि अहिले सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठाइएको
कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) शाहनवाज अन्सारीमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराधविरुद्धको मुद्दामा अनुसन्धान चलिरहेको छ । कलेजको ल्याबबाट म्याद नाघेको केमिकलसहित एमडी अन्सारीलाई गत २६ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।
उनीमाथि मुद्दा दर्ता भएर अनुसन्धान गर्न पहिलोपटक २ दिनको म्याद अदालतबाट थप भएको थियो । २ दिनको अवधिमा अनुसन्धान नसकिएको भन्दै पुनः प्रहरीले ५ दिनको म्याद थप गरेको थियो । यसरी दोस्रोपटक म्याद थप भएकै दिन अन्सारी त्यही दिन राति साढे ११ बजे हाजिरजमानीमा छुटेका थिए ।
हाजिरजमानीमा छुटे पनि उनको मुद्दा भने अझै अनुसन्धानकै क्रममा रहेको पर्सा प्रहरीमा मुद्दा फाट्टमा कार्यरत एक जना प्रहरी नाम नबताउने शर्तमा भने, । मेडिकल कलेजका एमडी अन्सारी अहिले पनि सरकारी अभियुक्त रहेको बताए । उनले भने, ‘त्यो बेला सरकारी वकिलको कार्यालय सहमति माग्यो, अनि हामी त्यही अनुसार हाजिरजमानीमा तारिखमा रिहा गरिएको हो। तर त्यो भने उसले सफाइ पाएको होइन, ऊ अझै पनि अभियुक्त नै छन ।’ उनका अनुसार प्रहरीले अझै पनि उनीमाथि अनुसन्धान गरिरहेको छ ।
‘विवादित व्यक्तिको गाडी अध्यक्ष ओलीले किन चढेको ?’प्रश्न मधेसभ्युजले एक जना कार्यकर्ता सग सोधदा उहाँको जवाफ् थियोे पहिला देखी पारिवारिक चिन जान भएको हिसाबले तथा अन्य कोही कार्यकर्ता सग त्यसो महगो गाडी नभएकोले प्रयोग गरेका हुन।