०७,शुक्रवार,२०८१
उदेस पाण्डे
पर्सा !बिरगंज महानगर पालिकाको मेयर राजेश मान सिह लाई सत्ता पक्षको आशीर्वाद अर्थात स्वास्थ मन्त्री प्रदीप यादवको पावर प्राप्त भएको कारण प्रहरीले मेयर सिह विरुद्ध पक्राउ पुर्जी जारी गर्न ढिलाइ गरेको समाचार मधेशभ्युज डट्कम लाई प्राप्त भएको छ।
नेपाल प्रहरी माथि बारम्बार आरोप लागने गरेको मुख्य मुद्दा हो।सत्ता सग नजिक अर्थात पावर,शक्तिशाली,पहुँच भएको राजनीतिक मानिसहरु माथि गम्भीर प्रकृतिको आरोप लागदा समेत तदारुकता साथ कानुनी प्रक्रिया अगाडि नबढाउने आरोप लागदै आइरहेको छ।
विभिन्न घटनाक्रमले उक्त कुरा सत्य हो भने प्रमाणीत समेत हुँदै गइरहेका हामी देखन सक्छौं ।
बिरगंज महानगर पालिकाको मेयर राजेशमान सिह माथी “लिखत सम्बन्धि”तथा नागरिकता किर्ते मुद्दा दर्ता हुदाहुदै पनि पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको छैन।फौजदारी मुद्दामा आरोपित मेयर लाई उच्च राजनीतिक नेताको आशिर्वादको कारण प्रहरी समेत आफ्नो कर्तव्य बाट पछि हटेको आम नागरिकको भनाइ रहेको बुझिएको छ।
अपराध सहिता २०७४ को परिच्छेद २५ तथा
२७६. कीर्ते गर्न नहुनेः (१) कसैले कीर्ते गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले सर्वसाधारण वा कसैलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउने वा आफू वा कसैलाई कुनै लाभ पुर्याउने नियतले कुनै झुठ्ठा लिखत वा झुठ्ठा विद्युतीय अभिलेख वा लिखत वा विद्युतीय अभिलेखको झुठ्ठा अंश वा भाग बनाउने काम गरेमा निजले कीर्ते गरेको मानिनेछ ।
तैपनि विभिन्न शक्तिकेन्द्रको आशीर्वादमा बिरगंजको मेयर राजेशमान सिह लाई पर्सा प्रहरीले केहि गर्न सकिरहेको छैन
यसको बारेमा प्रहरी महानिरीक्षक बसन्त कुवर सग सोधन खोजदा वहाँको मोबाइल उठेन।त्यस् पछि प्रहरी प्रधान कार्यालयको सूचना अधिकारी अर्थात केन्द्रिय प्रवक्ता सग बिरगंज महानगरका मेयर राजेसमान सिहले गरेको लिखत तथा किर्ते सम्बन्धि मुद्दाको बारेमा बुझ्दा वहाँको भन्नाइ थियो यो केसको बारेमा आफुलाइ पुर्ण रूपमा जानकारी छैन यदि मुद्दा दर्ता भएको छ् भने अदालत बाट पक्राउ पुर्जी जारी प्रहरीले कानुन अनुसार लिनेछ।
फौजदारी मुद्दा लागेको ब्यति सार्वजनिक पद धारण गर्ने नगर्ने भन्ने बारेमा अहिले बहस सुरु भएको छ।
मेयर सिह माथि लागेको लिखित तथा किर्ते मुद्दामा सत्ता पक्षको दबाबको कारण पक्राउ पुर्जी लिन प्रहरी आलटाल गरेको छ।यसमा पर्सा बाट स्वास्थ मन्त्री बनेका प्रदीप यादव लबिङ गरेको रहस्य खुलेको छ।
नाम गोप्य राखिदिने सर्तमा पर्सा जिल्ला बाट निर्वाचित एक माननीयले भने केही दिनमा बिरगंजका मेयर पार्टी प्रवेश गर्ने छ।प्रधानमन्त्री,गृह मन्त्री तथा एमाले अध्यक्ष के पि ओलि सग भेटेका छन् कुन पार्टीमा प्रवेश गर्छन् यकिन भएको छैन तर ।यसरी अपराधीक कार्य गरेको मेयर लाई सरक्षण गरिरहेका मन्त्री लाइ नागरिकले खुलेर बिरोध गरिरहेका छन् ।यस लिखित सम्बन्ध कसुर तथा किर्ते मुद्दामा गृहमन्त्री एक्सनमा नदेखिएकोमा नागरिक न्याय पाउनमा निराश बनेको खबर छ।
बारम्बार सदनमा बहस भएको मुद्दाको बारेमा राज्यले कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडि नबढाउनु कानुनी राज्यको उपहास भएको छ।नेपालको कानुन पशुपतिनाथले जानुन
यति मात्रै होइन मेयरको सिह्को कार्यशैलीको नागरिकहरुले घोर बिरोध गरिरहेका हामी विभिन्न द्र्स्टीकोण बाट बुझेका छौ।