मधेस प्रदेशको शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन मुख्यमन्त्री सिंहको निर्देशन

१८,मगंलवार,२०८१
उदेस पाण्डे
पर्सा।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त एवम् नागरिक मैत्री बनाउन मधेस प्रदेशको प्रहरी नायब महानिरीक्षक (डिआइजी) तथा ८वटै जिल्लाको जिल्ला प्रहरी प्रमुख (एसपी) हरुलाई निर्देशन दिएका छन् । मधेस प्रदेशको शान्ति सुरक्षा व्यवस्थाबारे जानकारी लिने उद्देश्यका साथ सोमबार जनकपुरधाममा आयोजित बैठकमा उनले प्रदेशमा चोरी, डकैती,तस्करी तथा समाज बिरोधि क्रियाकलापका घटनाहरु न्यूनीकरण र तस्करी रोकथाममा गम्भीर भएर लाग्न आठै जिल्लाका प्रहरी प्रमुखहरुलाइ निर्देशन दिए ।
प्रदेशमा विभिन्न किसिमको हिंसा तथा आपराधिक क्रियाकलाप, आत्महत्यालगायतका घटनाहरु बढ्दै गएका छन् । यसले तपाईं हाम्रो भूमिकामा समेत प्रश्न उठ्छ । त्यसैले यस्ता क्रियाकलाप रोक्न र समाजमा अमनचयनको अवस्था बनाउन प्रहरीको भूमिका महत्वपूर्ण छ, यहाँहरुले थप प्रभावकारी रुपमा काम गर्नुपर्ने आवश्यकता छ । प्रदेश सरकार सम्पूर्ण रुपमा सहयोग गर्न तयार छ”, मुख्यमन्त्री सिंहले भने
सुन्दर र शान्त मधेस प्रदेश बनाउने सङ्कल्पसहित कार्ययोजना बनाएर अगाडि बढ्न उनले आग्रह गरे । प्रहरी अधिकारीहरुले मुख्यमन्त्री सिंहलाई आफ्नो आगामी योजनाबारे जानकारी गराएका थिए । प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) यज्ञ विनोद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा आठवटै जिल्लाका प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।मधेसमा मुद्दा फाट्मा कार्यरत प्रहरी कर्मचारी आम नागरिकको कामको सिलसिलामा अनावश्यक दु:ख हैरानी दिने गरेका छन्