
१८, मगंलवार,२०८१
उदेस पाण्डेय
पर्सा। मधेस प्रदेशको आठवटै जिल्ला प्रहरी कार्यालयहरूमा कार्यरत मुद्दा फाँटका प्रहरी कर्मचारीहरु मुद्दा फाँटमा कानुन बमोजिम कार्य नगरेको गुनासो माथि सम्म पुगेको खबर मधेसभ्युज लाई प्राप्त भएको खबर छ।
मधेसमा नेपालका सबै जिल्लाहरु भन्दा बढी मुद्दाको चाप हुन्छ। पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिराहा सप्तरीको जिल्लाहरूमा मुद्दा फाँटमा महिला सेलमा उजुरी छानबिन शाखामा प्रहरी निरीक्षकदेखि प्रहरी सहायक निरीक्षक सम्म रहेको रहेको तथा सेवाग्राहीको अपेक्षा अनुसार कार्य हुँदैन। हरेक शाखाहरुमा धैरै पहिला देखि एकै शाखामा एकै प्रहरी कर्मचारी लामो समय देखि बसेको हुनाले सेवाग्राहीको अपेक्षा अनुसार प्रहरी कार्य नभएको गुनासाे नागरिकको छ।
प्रहरीले अहिले दलला तथा पार्टीको नेता कार्यकर्ताहरुको बढी सुनिरहेको र उनीहरूको इशारामा कार्य गरेको एक जना सेवाग्राहीले यस मधेसभ्युज लाई बताएका छन्
नाम गोप्य राखिदिने शर्तमा एकजना महिलाले यस मधेश भ्युजलाई भन्नुभयो हरेक जिल्ला प्रहरी कार्यालयहरूमा मुद्दाफाँट महिला सेल, उजुरी छानबिन, शाखामा पैसा बिना काम हुँदैन कि पैसा चाहिन्छ कि पार्टीको नेताको सोर्स चाहिन्छ। मधेशमा अभद्र मुद्दा चलेको हुन्छ उक्त मुद्दाको फाइल सरकारी वकिल कार्यालय जिल्ला प्रशासन कार्यालयमा छिटो पेश गर्ने नाममा पैसाको डिल हुन्छ।चेक अनादर मुद्दा तथा अन्य गम्भीर प्रकृतिका मुद्दाहरुमा समेत बिचौलिया हावी हुनेगरेको देखिएको छ।
मधेसको हरेक जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय बाट मुद्दा चल्छ त्यस कार्यालयले नागरिक लाई तदारुकताको साथ प्रहरी सेवा दिँदैनन्। नागरिक लाई हेपेर बोल्ने, काममा आलटाल गर्ने, छिटो काम नगर्ने भने गुनासो नागरीकले प्रहरी माथि लगाएका छन् अहिले प्रहरी प्रधान कार्यालय तथा सम्बन्धित निकाय बाट यस प्रकारको कार्य माथि लगाम लाउन जरुरी छ।
अहिले हरेक जिल्लामा कार्यरत मुद्दा फाट्टको प्रहरी कर्मचारीको अदलिबदली गर्नुपर्ने हुदाहुदै पनि रोकिएको छ।विभिन्न मिति र समयमा मुद्दामा कार्यरत प्रहरी कर्मचारीको बदमासिको बारे खबर आए पनि कार्वाही बाट उन्मुक्ति दिएको गुनासो प्रहरीले नै गरेका छन् मुद्दामा कार्यरत राम्रो प्रहरी पनि केहि नराम्रो प्रहरीको कारण बद्नाम भएका छन्