
२१,शुक्रवार,२०८१,असार
उदेस पाण्डे
पर्सा !प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)सुरज रिजालको अब्बल कमान्डको कारण बिरगंज भन्सार एरिया बाट तस्करहरु भागाभाग भएका छन् ।फौजमा एउटा् भनाइ छ,”Right Man Right Place”मा भयो भने राम्रो परिणाम आउछ ठिक त्यसको उदाहरण अहिले डिएसपी सुरज रिजाल भएका छन् ।सिघम शैलीमा डिएसपी आफै फिल्डमा खटेर अप्रेसनको लिड गरेर तस्करीका मालसमान धमाधम पक्राउ गर्न थाले पछि भन्सारका डिएसपी अहिले तस्करका लागि काल बनेका खबर मधेसभ्युज लाई प्राप्त भएको छ।
प्रस्तावित भन्सार गुल्मको इतिहासकै सबै भन्दा बढी तस्करीको मालसमान पक्राउ गरि भन्सार बुझाउन सफल कमान्डर फौजमा एक सफल तथा दक्ष सशस्त्र प्रहरी अधिकृतको रूपमा परिचीत सशस्त्र प्रहरी अधिकृत हुन् ।
बिरगंज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८०/१२/०७ गते हाजिर भएको दिन बाट इन्चार्जको जिम्मेवारी सम्हाले देखि अहिलेसम्म ८ करोडको तस्करीका मालसमान पक्राउ गरि भन्सार बुझाएका छन्।सिमानाको सान डिएसपी सुरज रिजाल आम नागरिक भन्ने गरेका छन् ।
आर्थिक वर्ष ०८०/०८१ चैत महिनामा विभिन्न मिति र समयमा १४७६२८९३ एक करोड सडचालिस लाख बास्ठी हजार आठ सय तिरान्बे रूपमाको अबैध समान बरामद गरि भन्सार बुझाएका तथा बैशाख महिनामा २०६३१८८२ दुई करोड तिर्सठी लाख एक हजार आठ सय ब्यासी रुपैया तथा जेष्ठ महिनामा भन्सार दाखिला गराएको २००४१२९९ दुइ करोड एक्चालिस हजार दुई सय उनान्नब्बे रूपमा त्यसैगरी असार महिनामा २२५५९९१६ दुई करोड चौवालिस लाख नौ हजार नौ सय सोरह रूपमाको अबैध तस्करीका समान बरामद गरि दाखिला गराएको भन्सार कार्यालयको रेकर्डमा छ् ।
सशस्त्र प्रहरी बलको बिरगंज तथा मधेसको मात्रै नभई नेपालको पहिलो गुल्म हो जसले यति धेरै तस्करीका मालसमान पक्राउ गरि भन्सार दाखिला गराउन सफल भएको छ।
यस किसिमका राम्रो तथा सराहनीय कामले गर्दा डिएसपी सुरज रिजालको चौतर्फी प्रसंशा नागरिकहरुले गरेका छन्
डिएसपी सुरज रिजाल नेपालमा मात्रै होईन मित्र रास्ट्र भारतमा समेत आफ्नो इमानदारीपूर्वक कार्यका कारण चर्चामा छन् ।सशस्त्र प्रहरी बल लाई आम नागरिक सिमाना सान भनेर सम्बोधन गर्न थालेका छ।