कमाण्ड कन्ट्रोलमा कमजोर एसपी धनुषा: सय दिनमा शून्य उपलब्धि

२७, असार,२०८१
उदेश पाण्डेय
मानिकापुर पर्सा। जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी उपरीक्षक (एसपी) कमाण्ड कन्ट्रोलमा निकै कमजोर देखिएका छन्। विगतको दिनमा गृहमन्त्रीले कार्यसम्पादनमा राम्रो नगरेकोले एसपीहरूको हेरफेर गरे
तर शक्तिको बलमा जिल्ला प्रहरी कार्यालय धनुषाको इन्चार्जको रुपमा प्रहरी उपरीक्षक भुनेश्वर तिवारी जिल्लामा आएको १०० दिन पुगेको छ। तर प्रहरी उपरीक्षक खासै नागरिकको अपेक्षा अनुसारको प्रहरी सेवा प्रदान गर्न सकिरहेका छैनन्। जिल्ला प्रहरी कार्यालय धनुषा मातहतका सीमा नाकामा रहेको प्रहरी चौकीहरूले तस्करी रोक्न कुनै तदारुकता देखाएका छैनन् । जिल्लाका प्रहरी कार्यालय धनुषाको मुद्दाफाट, महिला सेल ,कर्मचारी प्रशासन शाखाले कानुन बमोजिम कार्य गर्न सकेको छैन्
जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी गैह् जिम्मेवार देखिएका छन्। नाम गोप्य राखिदिने शर्तमा एक जना जुनियर प्रहरी अधिकृत भन्छन् जिल्लाले इन्चार्ज हेरफेर गर्दा पावर भएको इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक हेमबहादुर कुँवर लाई चलाएनन् जबकि उसको दरबन्दी जिल्ला प्रहरी कार्यालय महोत्तरी छ। त्यसैगरी इलाका प्रहरी कार्यालय दुहबी इन्चार्ज सइ चंद्र बहादुर यादव लाई समय पुगे पनि हेरफेर गरेनन्
जिल्लाको( हमे) हवल्दार मेजर सूबेदार मेजर समेत लामो समय देखि जिल्लामा छन्
एसपी भुवनेश्वर तिवारी कान्तिपुर को पत्रकार लाई थुनेको घट्ना देखि आफूलाई हिरो बुझने गरेका छन् पत्रकारको फोन समेत उठाउँदैनन् प्रहरी उपीक्षकको मोबाइल नम्बर ९८५४०२६७७० मा सेवाग्राहीले कॉल गर्दा उठ्दैन मुद्दा फाटको कति गुनासो छ।एक जना रमेश मडल नाम गरेको युवा एसपीले सुनेन भने गृहमा गुनासो समेत गरेका थिए
अहिले जिल्ला प्रहरी कार्यालय धनुषा भित्रको मुद्दा फाँट एक जना वरिष्ट प्रहरी नायब निरीक्षक एकल रुपमा चलाइरहेका गुनासो नागरिकले गर्न थालेका छन् सरुवा भएको (कैप)को वरिष्ठ सइ लाई एसपी रावाना रोकेर राखेका छन्
गृहमन्त्रीको निर्देशन छ नागरिकको काम छिटो छरितो गर्ने जनभावनाको कदर गर्ने तर गृहमन्त्रीले नै पठाएको प्रहरी उपरीक्षक सेवाग्राहीलाई अपमान गर्छन् सेवाग्राहीको काम सोर्स फोर्स बिना सुन्दैनन् पत्रकारको समेत फोन उठाउँदैनन्। के प्रहरी राज्यको हो कि सत्ताको के प्रहरी कार्यालय आउनलाई राजनीतिक शक्ति नै चाहिन्छ राजनीतिक शक्ति बिना सुनवाई हुँदैन।
यस्तो रवैया गरिरहेका धनुषाको एसपीको बारेमा केन्द्रमा समेत कुरा पुगेको छ । सत्ताको आशिर्वादले गर्दा कुनै सुनुवा नभएको एक जना नागरिकले यस् मधेसभ्युज लाई जानकारी गराए
जिल्लामा आएको सय दिन हिजो पुरा भयो तर कुनै खास उपलब्धि जिल्ला प्रहरी प्रमुख एसपी धनुषाले गरेको छैन उल्टै धनुषा जिल्ला प्रहरीको सुचना अधिकारी तथा प्र उ को फोन पत्रकारले कल गर्दा समेत उठाउदैन्न।माथिल्लो तहमा समेत गुनासो गर्दा आल्टाल।