एआइजी सरुवामा गृहमन्त्रीको आलोचना थापा इन्चार्ज बाट इन्चार्ज: काबिल अफिसर निराश

  |

२०८१, श्रावण, २२
मधेस भिउज संवादाता
पर्सा! नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखबाट एआईजी श्याम ज्ञवालीलाई हटाइएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिएको छ । कांग्रेसको गृहमन्त्री सुरु देखि नै एआइजी श्याम लाल ज्ञवाली माथि प्रतिशोधको भावना राखिएको बुझिएको छ नाम नबताउने शर्तमा एक जना माननीयले यस मधेशभिउज लाई दिएको जानकारी अनुसार राम्रो काम गर्दै गर्दा पनि सीआइबी प्रमुख लाई त्यहाँ बाट हटाउनु गलत भएको बताउनु भयो।
प्राप्त जानकारी अनुसार श्याम लाल ज्ञवालीलाई सीआईबी प्रमुखबाट हटाएर प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागमा पठाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखबाट दीपक थापालाई सीआईबी प्रमुखको जिम्मेवारी दिइएको हो । दीपक थापा ईन्चार्ज बाट ईन्चार्ज जाने भाग्यमानी तथा नेताको ईच्छा अनुसार चल्ने प्रहरी अधिकृत हुन

प्रहरी प्रधान कार्यालय कार्यविभागमा रहेकी एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरुवा गरिएको छ । त्यस्तै, हालै एआईजीमा बढुवा भएका रामदत्त जोशीलाई कार्यविभागमा पदस्थापन गरिएको सूचना केन्द्रीय सूचना अधिकारीले जानकारी दिए ।
सीआईबीबाट प्रहरी प्रधान कार्यालय सरुवा गरिएकाश्याम लाल ज्ञवाली माथि राजनितिक प्रतिशोध पाँच महिना नपुग्दै सरुवा गरिएको छ। अहिले यो सरुवाले प्रहरीमा कार्यरत काबिल प्रहरी अधिकृतको मनोबल गिरएको छ।
अब आउँदा दिनहरूमा कसरी प्रहरी कभर्ट तथा ओभार्ट अप्रेसन गर्न तयार हुन्छन्