
०३, भाद्र २०८१
पर्सा। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी नायब महानिरीक्षक यज्ञविनोद पोखरेलको नागरिकले चौतर्फी प्रशंसा गरिरहेका छन्
मधेस प्रदेशको प्रहरी प्रमुखको रुपमा हाजिर भए देखि डिआईजीले आठै ओटा जिल्लामा नागरिकले प्रहरी बाट नियम बमोजिमको काम छिट्टो छरितो पाउनुको साथसाथै प्रहरीले नागरिक लाई गर्ने ब्यहवारमा समेत सुधार आएको देखिएको छ।
डिआईजी पोखरेल मधेस प्रदेशमा तस्करीको अखडा मानिएको ठाउँहरुमा कडाइ गर्नुको साथै सिमानामा बसेर गलत क्रियाकापहरूमा संलग्न मानिसहरू माथि निगरानी बढाएको कारण सीमावर्ती एरियहरुमा आपराधिक घटनामा कमिआएको छ। मधेशको केही जिल्लाहरुमा जातिय तथा धार्मिक विवाद हुने संभावित ठाउँहरुमा डिआईजी आफै खटेर ठूलो क्षति हुन बाट बचाए मधेसमा झण्डा मेलाहरुको समयमा अघिला वर्षको तुलनामा यस वर्ष बिना कुनै वादविवाद झण्डा मेला सम्पन्न गराउने डिआईजी लाई रौतहटको आम नागरिक खुलेर प्रशंसा गरेका छन्
मधेस प्रदेशको पहिलो डिआईजी जो हरेक निमुखा नागरिकले भेट्न आउँदा भेट्नुको साथसाथै उसले नियम अनुसार हुने कार्य समेत गरेका छन्
अहिले वर्तमान डिआईजी प्रहरी भित्र एक दक्ष, सफल, साहसी कमाण्डरको रूपमा परिचित छन्
मधेस प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय को बारेमा सेवाग्राहीहरु बात मुद्दा फाँटको गुनासो आउन साथ मुद्दामा कार्यरत सबै प्रहरीको सरुवा गरे। आम नागरिक लाई आदर सम्मानका साथ बोल्ने डिआईजी पोखरेल लाई मधेस प्रदेशमा देवताकाे रूपमा आम नागरिकहरु लिनेगरेकाछन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रहरी नायब महानिरीक्षक डिआईजी यज्ञविनोद पोखरेल लाई नागरिकले खुब मन पराएका छन्