कमाण्ड कन्ट्रोलमा कमजोर आइजिपी:सरुवा भन्दा प्रचारप्रसारमा बढी केन्द्रित

  |

१३,गते २०८१,भाद्र
उदेस पाण्डे
पर्सा। नेपाल प्रहरी संगठन अहिले प्रहरीको भन्दा पनि नेताको संगठन झै भएको छ। आइजिपी निरहि हुँदा काबिल अफिसरहरुको मनोबल खस्केको छ। प्रहरी भित्र एउटा भनाई छ Right man right place मा राख्नुपर्छ तर अहिले आइजिपी सकेका छैनन्।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर कमाण्ड कन्ट्रोलमा कमजोर देखिएका छन्। प्रहरी भित्र अब्बल मानिएका अफिसर लाई बिना कारण राजनीतिक सोर्सफोर्समा हटाउँन लाग्दा आइजिपी टुल्टुल हेर्न बाहेक अरू केही गर्न सकेका छैनन्।
प्रहरी भित्र अहिले एक वर्ष पुगिसकेका एक हजार भन्दा बढी प्रहरी निरीक्षकहरुको सरुवाको बेला पुगे पनि समयमा निकाल्न सकेका छैनन् आइजिपीले सरुवा समयमा निकाल्न नसक्ने आइजिपी बाहिर गफ लगाउँदै हिँड्दै छन् कि सबै प्रहरी निरीक्षक तराई र ट्राफिक जान खोजेका छन्। यस प्रकारको सस्तो लोकप्रियताको गफ आइजिपले गर्दा यो पत्यार लागेको छैन।
नाम गोप्य राखिदिने शर्तमा एकजना प्रहरी अधिकृत भन्छन् अहिले नेपाल प्रहरी भित्र एसएसपी, एसपी, डिएस्पी, इन्स्पेक्टरकाे सरुवाको समय पुगेको छ तर राजनितिक तँछाड मछाडको कारण सरुवा हुन सकेको छैन।प्रहरी निरीक्षक,प्रहरी नायब उपरीक्षक,प्रहरी उपरीक्षक,सम्म को सरुवा गर्ने अधिकार आइजिपी लाई हुन्छ।तर सरुवा निकल्नुको सट्टा सस्तो लोकप्रियतामा रमाएका छन् प्रहरी प्रमुख।