
२८, शुक्रबार २०८१
उदेश पाण्डे
पर्सा। वीरगंज ट्राफिक प्रहरी अहिले आलोचनाको पात्र बनेको खबर प्राप्त भएको छ। बिरगंज स्थित आईसिप्युको मुख्य सडकमा बाईक दुर्घटना हुँदा ट्राफिक प्रहरी डिउटीमा नरहेको स्थानिएको भनाई छ। हिजो ना ६ ख ७५०३ नम्बरको ट्यांकरलें मोटरसाइकल चालक किनू साह टुरहा लाई ठोकर दिदा उपचारको क्रममा साहको मृत्यु भएको थियो त्यस पश्चात स्थानीयले आक्रोशमा आएर सडक जाम गर्नुको साथै ट्राफिक प्रहरीको बिरोध गरेका थिए।
ट्राफिक प्रहरी कर्मचारीको मुख्य काम सवारी आवागमनलाई सुचारुरुपले सञ्चालन गर्नु सवारी ऐन विपरीत चलेका सवारीसाधनहरुलाई कानून बमोजिम कारवाही गर्नु, राजश्व वृद्धि गर्नु र दुर्घटना न्यून गराउनु हो । त्यसको रेखदेख तथा व्यवस्थापन गर्नु ट्राफिक प्रहरीको कर्तव्य हो ।
तर पर्सा जिल्लामा ट्राफिक प्रहरी आफ्नो भूमिका राम्रो संग निर्वाह गर्न सकेको छैन्। ट्राफिक प्रहरी आफ्नो जिम्मेवारी बिर्सदा पर्सामा सवारी दुर्घट्नाहरु हवाटै बढेको छ।
ट्राफिक प्रहरी कार्यालयले मितेरी पुल, तिलावे पुल, आइसिप्यु गेट, परवानीपुर चौकमा दक्ष ट्राफिक प्रहरी नराख्दा दुर्घटनामा वृद्धि भएको कुरा नाम नबताउने शर्तमा एक जना ट्राफिक प्रहरीले यस् मधेसभिउज लाई खबर दिएका छन्
ट्राफिक प्रहरी कार्यालय पर्सा विनाकारण चालकहरुलाई दुःख दिइरहेको सूचना यस मीडिया लाई समेत प्राप्त भएको छ। पर्सा ट्राफिक प्रहरी आफ्नो तोकिएको ठाउँमा डिउटीमा नबस्दा आइसीप्यु गेटमा दुर्घटना भयो। ट्राफिक माथि आम नागरिक प्रश्न चिन्ह खडा गरेका छन् के कारण हो ट्राफिक चेकिङ्ग बेलुका बेलुका अँध्यारो ठाउँमा मात्रै हुन्छ। यो सबै सूचनाको बारेमा यस् मदेशभिउजले ट्राफिक प्रहरी कार्यालयका एक जना जुनियर अधिकृत संग सोध्दा रिसाएर बोले। हाम्रा प्रश्न थियो के ट्राफिक प्रहरी गाउँ बाट आउने बसको लाइसेंस कहिले खोजेको छ। दोस्रो प्रश्न थियो फ्याक्ट्रीको मालसामान बोक्ने पिकप सानो गाडीको कागज पात्र चेक हुन्छ हुँदैन यस्तो प्रश्न गर्दा उतर दिएनन् विनाकारण साईन रिक्सा आफ्नो कार्यालयमा ल्याएर चालक लाई दुःख दिइरहेका थिए।