
३१, भाद्र,२०८१
उदेस पाण्डे
पर्सा। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतका ट्राफिक प्रहरी आफ्नो डिउटीमा लापरवाही गरिरहेको खबर प्राप्त भएको छ। खासगरी ट्राफिक पोस्ट ड्राइपोर्ट, ट्राफिक पोस्ट परवानीपुर, ट्राफिक पोष्ट बसपार्क, ट्राफिक पोस्ट शक्राचार गेट, ट्राफिक पोष्ट गण्डक,
ट्राफिक प्रहरी कर्मचारीको मुख्य काम सवारी आवागमनलाई सुचारुरुपले सञ्चालन गर्नु सवारी ऐन विपरीत चलेका सवारीसाधनहरुलाई कानून बमोजिम कारवाही गर्नु, राजश्व वृद्धि गर्नु र दुर्घटना न्यून गराउनु हो । त्यसको रेखदेख तथा व्यवस्थापन गर्नु ट्राफिक प्रहरीको कर्तव्य हो। तर पर्सा ट्राफिक प्रहरी त्यसको ठिक विपरीत आफ्नो कार्य जारी राखेको पाइएको छ।
मधेशभ्युज डटकमले हिजो राती ८ बजे पछि विभिन्न ठाउँहरुमा पुगेर सवारी चालक तथा त्यस ठाउँमा सडकमा उभिएका ट्राफिक प्रहरीले गाडी चालक संग गरेको काम कर्तव्य हेर्दा ट्राफिक प्रहरीको काम चित बुझ्दो देखिएन। अवलोकनको क्रममा मधेशभ्युजले ड्राइपोर्ट ट्राफिक पोष्टमा पुग्दा अँध्यारोमा ट्राफिक प्रहरीले भारतीय गाडीको चालकहरु संग ब्यस्त थिए। चालक संग गरिएको कुराकानीमा ट्राफिक प्रहरी त त म म कुनै मानवीय व्यहवार थिएन आफ्नो ट्राफिकले गर्नुपर्ने काम गरिरहेका थिएन पटक पटक ड्राइपोर्ट ट्राफिक बिबादमा पर्दा समेत विभागिय कारवाही बाट जोगाइएको छ। नत कुनै कारवाही भएको छ नाई त टोली चेन्ज गरिएको छ। आइसिप्यूको गेटमा दुर्घटना हुँदै त्यहाँ ट्राफिक प्रहरी डिउटीमा थिएन त्यसको विरोध हुँदा समेत पर्सा ट्राफिक आफ्नो टोली चेन्ज गरेको छैन। भित्री सेटिङ रहेको ड्राइपोर्ट ट्राफिक पोस्टमा बेलुका बेलुका भारतीय चालक लाई अनावश्यक दुःख हैरानी दिने कार्य ट्राफिक प्रहरीले दिने गरेको पाइएको छ।
मधेशभ्युजका सम्पादक उदेस पाण्डेले भैंसी बोकेको पिकअप लाई फलो गरे ट्राफिक प्रहरी निरिक्षा लाई जानकारी गराउँदा वहांले गल्ती गर्ने जोसुकैलाई कारवाही हुन्छ भने प्रतिवद्धता जाहेर गर्नु भयो
मूलकी अपराध संहिता २०७४ को परिच्छेद २७ पशुपक्षी सम्बन्धी प्रष्ट उल्लेख पारेको छ। तर बिरगंज ट्राफिक प्रहरीले धेरै दिन देखी आर्थिक लाभ लिएर यस्तो लोड गरिएको गाडी लाई कारवाही गर्दैन।
पर्सा ट्राफिक माथि नैतिक प्रश्न उठ्न थालेको छ। के कारण ड्राइपोर्टको टोली चेन्ज नगरी गलत गर्ने ट्राफिक लाई जिल्ला ट्राफिक प्रहरी जोगाइरहेको छ। भने केही महिना पहिला परवानीपुर ट्राफिक पोस्ट बाट आचरण विपरीत काम गर्दा ट्राफिक प्रहरी तानिएको र तत्कालीन कमाण्डर प्र स नि लाई केही दिनको लागि परवानीपुर बाट हटाई पुनः प्र स नि लाई अहिले ट्राफिक पोस्ट परवानीपुर इन्चार्ज दिंदा पर्सा ट्राफिक भित्र जुनियर अधिकृत देखि सिपाही हवल्दार सम्म अच्चमित मानेका छन्।
जिल्ला ट्राफिक प्रहरी पर्साको एक जना ट्राफिकका जुनियर प्रहरी अधिकृत नाम गोप्य राख्ने शर्तमा यस मीडिया संग भने अहिले हाम्रो ट्राफिकमा जसले दाम बुझाउँछ उ पोष्ट जान्छ। कार्वाही गर्न लागिएको ड्राइपोर्टको सबै टोली लाई चलखेल गरी जोगाइयो अहिले राम्रो भन्दा पनि हाम्रो बाद हावी छ।
आखिर किन हुन्छ ट्राफिक प्रहरीमा यस्तो कार्य यस बिषयमा सोधपुछ गर्नको लागि मधेस प्रदेश ट्राफिक प्रहरी प्रमुख लाई सोध्न खोज्दा फोन उठेन त्यस पछि त्यही कार्यालयको सूचना अधिकारी डिएस्पी साहेब लाई समेत पटक पटक फोन गर्दा डिएस्पी साहब फोन उठाउनु भएन।