कार्यसम्पादनमा अब्बल हुँदाहुँदै: इन्सपेक्टर तानिए, आइजी आलोचित

  |

०१, भाद्र,२०८१
उदेस पाण्डे
पर्सा। नेपाल प्रहरी भित्र अहिले ब्यापक चर्चा छ इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजन ढकाल लाई कमाण्ड बाट बिना कुनै त्रुटि तानिएकोमा भित्र भित्रै धैरै प्रहरी अधिकृतहरु आइजीपी माथी असन्तुष्टि जनाएका छन्। तर विभागको प्रमुख लाई खुलेर केही भन्न सकेका छैनन्।
घट्ना हो इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक राजन ढकाल लाई केही सिमित समुह लागेर शक्तिकेन्द्रको आडमा काज गराउन सफल भए प्र नि तानिएको कुरा लाइ लिएर अहिले प्रहरी महानिरीक्षक आलोचित हुन थालेका छन्।
ईलाका प्रहरी कार्यलयमा इन्सपेक्टर आए देखि बिचौलिया तथा अनावश्यक दबाब दिने कानुन विपरीत काम गराउन खोज्ने राजनीतिक दलका नेताहरुको केही सीप चलेको थिएन।
प्रहरीमा यसरी राम्रो काम गर्दा गर्दै इन्चार्ज फेरिनु गलत हो। राजन ढकाल इप्रका पोखरिया तथा मातहतका युनिटहरु लाई राम्रो सित चलाइरहेका थिए।
नाम गोप्य राख्ने शर्तमा एक उच्च प्रहरी अधिकृत भन्छन् माथिको दबाव थेग्न नसकेर आइजीले तानेका हुन। काग्रेसको नेता लागेका कुरा बताए।
यस विषयमा एक जन पुर्ब प्रहरी भन्छन् इन्सपेक्टर लाई तान्नु गलत हो। यसरी नेताको सुनेर आफ्नो अधिकृत तान्नु हुँदैन। गल्ती गरेछ भने विभागिय कारवाही गरे भयो त तान्नु पर्ने तुक छैन्
राजन ढकाल ईलाका प्रहरी कार्यालय प्रमुखको रूपमा आए देखि मुदाफाँट, उजुरी फाँट, सहरजमिन मुचुल्का तथा अन्य प्रहरीले कानुन बमोजिम गर्ने कार्य छिट्टो छरितो हुँदै आइरहेको कुरा सेवा ग्राहिले बताए।
अहिले आउँन लागेका इन्सपेक्टर स्वरूप शर्मा २०७६ को अधिकृत हुन।