
०३, बिहीबार,२०८१
उदेस पाण्डे
पर्सा। संविधान दिवशको अवसरमा ईलाका प्रहरी कार्यालय दिङलाको प्रहरी निरीक्षक विनय सिंहको कमाण्डमा खटेका टोली तथा कर्मचारी मिलन केन्द्र भोजपुरको सहकार्यमा १५० जनाले सरसफाइ गरेका छन्।
वडा नम्बर ४, ७ बजार क्षेत्र मठमन्दिर पोखरी सरसफाई गरिएको छ।
ईलाका प्रहरी कार्यालयको प्रमुखको रूपमा प्रहरी निरीक्षक विनय सिंह कमाण्ड सम्भाले देखि इप्रका दिङला मातहतका एरियामा शान्ति सुरक्षा तथा अन्य सकारात्मक सुधार आएको छ।
प्रहरी निरीक्षक विनय सिंह कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रूपमा चिनिनुहुन्छ।
संविधान दिवशको अवसरमा कर्मचारी मिलन केन्द्र दिङला भोजपुरको आयोजना र इलाका प्रहरी कार्यालय दिङलाको सहकार्यमा षडानन्द नगरपालीका नगर उप प्रमुख प्रमिला राई ज्यूको प्रमुख आतिथ्य,ईलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख बिनोद अधिकारी ज्यूको उपस्थितिमा,यस कार्यालयका कार्यालय प्रमुख बिनय कुमार सिंह,अन्य कार्यालयका प्रमुख,कार्मचारी, अन्दाजी १५० जनाको संख्यामा उपस्थित भई षडानन्द नगरपालीका वडा न.४,,७ को बजार क्षेत्र,मठमन्दिर,पोखरी सरसफाई कार्यक्रम सम्पन्न गरियो।