सशस्त्र प्रहरी बल सर्लाही द्वारा एकादशी खोला नजिकै फसेका १० जनाको उद्धार

  |

१२, असोज २०८१
उदेस पाण्डे
पर्सा। सशस्त्र प्रहरी बल सर्लाही १० नम्बर गण एकादशी खोला नजिकै रहेको एक घरमा फसेका दश जनाको उद्धार गरेको खबर मधेशभ्युज डटकम लाई प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल नं १० गण सर्लाहीले तदारुकताका साथ बाढीको कारण घरमा फसेर बसेका मानिसहरूको उद्धार गरेको छ। जिल्ला सर्लाही बस्वरिया गा/पा २ स्थित एकादशी खोला नजिक रहेको घरमा फसेर बसेका वर्ष ४८ को पटिया देवी, वर्ष २२ को कमरिय देवी, अकिला देबी, सिबु सहनी, शिवम कुमार, धवसी सहनी, हरी मुखिया, बिलास सहनी नवल सहनी, दुखिया सहनी लाई सकुशल उद्धार गरिएको सूचना सशस्त्र प्रहरी नायब उपरीक्ष डिएस्पी तथा सूचना अधिकारी एक राज बुर्लाकोटीले जानकारी गराउनु भयो
सशस्त्र प्रहरीको उद्धार कार्य तथा सीमा सुरक्षा कार्य राम्रो रहेको स्थानीय हिरा साह यस मीडिया संग खुलेर प्रसंसा गरे।