
१५, असोज २०८१
उदेस पाण्डे
पर्सा। जिल्ला प्रहरी कार्यालय रौतहटले बाढी बाट प्रभाबित मानिसहरूको उद्धारको लागि देखाएको तदारुकताको अहिले चारैतिर प्रशंसा भैरहेको छ।
असोज ११ र १२ गते परेको अबिरल वर्षाको कारण जिल्लाको अवस्था एकदम चिन्ताजनक थियो। घरमा पानि पसेको थियो कहीं पानीको कारण खोला किनारमा उद्दारको पर्खाइमा मानिसहरू थिए। उक्त समय एक असल कमाण्डर आफैं फिल्डमा खटेर ठूलो क्षति हुन बाट जोगाए।
जिल्ला प्रहरी कार्यालय रौतहटको लागि ठूलो चुनौती थियो उद्दार कार्य कहीं बाटो अवरुद्ध त कहीं घर भत्केको तर रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे नागरिकको सुरक्षामा कुनै कसर बाँकि राखेनन्। तदारुकताका साथ हिफाजतमा लागेर सुरक्षा प्रदान गरे।
ठूलो क्षति हुन बाट जोगाए रौतहटमा १२३ जना लाई उद्दार गर्नुको साथै ठूलो क्षति हुन बाट जोगाए। बाढी बाट मृत्यु हुनेमा दुर्गाभगवती गापा ४ बस्ने राजकुमार मुखिया माछामार्ने क्रममा डुबेर मृत्यु भएको छ त्यसै गरी परोहा नपा ७ नरकटीयामा घास काटने क्रममा १४ वर्षिय आशा कुमारीको डुबेर मृत्यु भएको छ।
विपत् व्यवस्थापनमा रौतहट प्रहरीले देखाएको कर्तव्य पालना तथा तदारुकता चर्चाको शिखरमा छ। जस्तो सुकै चुनौती आफत्को बेला पनि नेपाल प्रहरी नागरिक सुरक्षा गरेको छ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरे कमाण्ड कन्ट्रोलमा अब्बल साबित भएको विभिन्न घट्ना क्रममा आफै फिल्डमा खटेर समाधान गरे। तराईमा अन्य अधिकृतको लागि उदाहरणीय काम गरे जिल्ला घुमुवा बिना पनि चल्छ सिद्ध गरे।