बिबादित इन्चार्ज साहको कर्तुत: बाहरियो कार्वाही कस्ले गर्ने

  |

१९, शनिवार,२०८१
मधेशभ्युज संवादाता
बारा। प्रहरी चौकी कचोर्वा ईन्चार्ज (प्र स नि) कमलेश साह तस्कर संग मिलोमतो गरी तस्करीको लाईन दिएको खबर मधेशभ्युज लाई प्राप्त भएको छ।
बारा स्थित बोर्डरमा रहेको कचोर्वा प्रहरी चौकी (इन्चार्ज) पदीय दायित्व बाट पछि हटादा उक्त नाका अहिले तस्करहरुको लागि उपयुक्त नाका बनाएको सूचना मधेशभ्युज लाई प्राप्त भएको छ। अहिले प्रहरी चौकी कचोर्वा बाट व्यापक मात्रामा तस्करी सुचारु भएको छ। भारतमा अहिले लहसुन महँगो भए पछि नेपाल बाट चाइनिज लहसुनतस्करी द्वारा भारत गइरहेको तथा भारत बाट कपड़ा, किराना, रजनिगनधा, भैंसी, माछा तथा तस्करीको अन्य समान नेपालमा भित्रिँदा पनि प्र स नि कमलेश साह आर्थिक प्रलोभनमा परेर नियन्त्रण गर्न सकेका छैनन्।
कार्य सम्पादनमा निकै कमजोर रहेका कचोर्वा चौकी (इन्चार्ज) तस्कर संग साटघाट रहेको कुरा नाम गोप्य राखिदिने सर्तमा त्यही चौकीमा कार्यरत एक जवानले भने सन्दिप कपड़ा कारोबारी, बलिराम कपड़ा, आकास माछा,किराना लहसुन, श्यामसुन्दर भारतीय तस्करलें काजु कपड़ा सपेयर पार्ट्स, बच्चा कपड़ा भैंसी नवल लम्बु भारती तस्कर, मिठाइ गेना ठेला गुडाउदै आउँने भारतीय आगर्वा घर भएको लाई चौकी इन्चार्जले लाईन दिएर आर्थिक लाभ लिँदैछन्
प्र स नि को अर्को काण्ड पनि बाहिरिएको छ। गत भदौमा कृष्ण अष्ठमीको मेला लाग्दा प्रहरी चौकी इन्चार्ज विभिन्न बहाना बनाई मेला समिति संग ईच्छा बिपरित ६००० हजार रुपैयाँ बुझ्ने उक्त रकम मेला समितिमा रहेका कोषा अध्यक्ष रोहित साह संग लिएको सूचना नाम गोप्य राख्ने सर्तमा एक जना समितिमा रहेको व्यतिले जानकारी गराए
यस्तो चौकी इन्चार्जको बारेमा अहिले मात्र होइन् पहिला पनि नागरिक स्तर बाट जिल्ला प्रहरी कार्यालय बारामा गुनासो पुगेको छ।तर पटक पटक गुनासो पुगेको प्र स नि लाई त्यहाँ बाट नहटाउनुले इप्रका जिप्रका माथि नैतिक प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालय बारामा बिबादित जुप्रअ तथा प्र ह,प्र ज लाई कार्वाही गर्नुको सट्टा त्यही कार्यरत रहेको युनिटमा राख्दा अहिले जिप्रका भित्र भित्रै प्रहरीमा नकारातमक सूचना सम्प्रेषण भएको छ। फौजमा गल्ती गर्ने लाई कार्यरत रहेको युनिट बाट तानेर अन्यत्र राख्ने गरिएको हुन्छ। तर बारा जिप्रकाले बिबादित प्रहरी कर्मचारी माथि छिटो एक्सन लिन सकेको छैन
प्रहरी चौकी इन्चार्ज माथि लागेको आरोप तथा मेला समिति बाट लिएको आर्थिक लाभको बारेमा हाम्रो सम्पादकले इप्रका इन्चार्ज लाई भन्दा के रहेको छ बुझ्छु, भनेर जवाफ आयो। त्यस पछि जिल्ला प्रहरी कार्यालय बाराको सूचना अधिकारी डिएस्पी संग जानकारी गराउँदा बुझेर के हो हामी हेर्छौं भनेर जवाफ दिनु भयो
प्रहरी चौकी कचोर्वाको बिबादित इन्चार्ज कार्यालयमाआउँने सेवाग्राहीहरुको समेत कार्य समयमा गर्दैनन्। स्थानीय भन्छन् न बोल्न ढग छ।।