
१९, असोज २०८१
उदेस पाण्डे
पर्सा। सशस्त्र प्रहरी बल पर्साद्वारा ११,८७,३८७ बराबरको अबैध सामान भन्सार दाखिला गराएको खबर प्राप्त भएको छ।
सशस्त्र प्रहरी बल पर्सा चोरी पैठारी तथा संगठित तस्करी बिरुद्ध आक्रामक रही नियन्त्रण गर्न समेत सफल रहेको विभिन्न मिति र समयमा बरामद भइरहेको तस्करीको समानले समेत पुष्टि गर्दछ।
फौजमा एउटा भनाई छ।(Right Commander Right Place) मा भयो भने फौजले चाहेको उपलब्धि प्राप्त गर्छ। ठीक अहिले त्यसै भएको छ। पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाल फिल्डमा आफै खटने तथा मातहतको युनिट लाई समेत तस्करी बिरुद्ध लाग्न प्रस्ट निर्देशन गरेका छन्।
मिति २०८१/०६/१८ गते सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज बाट खटिएको टोलीले जिल्ला पर्सा वीरगंज महानगरपालिका १६ इनर्वा स्थित विभिन्न सीमानाकाको प्रयोग गरी भारत बाट अबैध रूपमा भन्सार छली BR 05 AM 6515 नम्बरको स्कुटर तथा अन्य विभिन्न सार्वजनिक सवारी साधनमा लोड गरी नेपाल तर्फ लाउँदै गरेको रु १०,१२,३८७ बराबरको कपड़ा जूता मानिसले प्रयोग गर्ने औषधि, मोटरपार्टसको सामग्री, कस्मेटिक समान, तथा किराना बरामद गरी स्कुटरको भन्सार मूल्य १,७५,०००/ मूल्यांकन गरी कारवाहीको लागि सशस्त्र प्रहरी बल पर्साले वीरगंज भन्सार कार्यालयमा बुझाइएको सूचना सशस्त्र प्रहरी नायब उपरीक्ष तथा गणको सूचना अधिकारी डिएस्पी नरेन्द्र सिंह धामीले बताए