२२,असोज,
उदेस पाण्डेय
पर्सा। जिल्ला प्रहरी कार्यालय बारा मातहत पर्ने प्रहरी चौकी (ईन्चार्ज) प्रहरी सहायक निरिक्षक कमलेश साह कमाण्डमा निकै कमजोर तथा आर्थिक चलखेलमा चलाख रहेका जुनियर प्रहरी अधिकृतको रूपमा देखिएता पनि सम्बन्धित निकाय मौन रहेको खबर छ।
बारा स्थित प्रहरी चौकी कचोरवाको (प्र स नि) आम नागरक संग त त म म भाषा प्रयोग गर्नुको साथै मेला समिति संग आर्थिक लाभ लिएको पुष्टि हुँदा समेत जिम्मेवारी बाट हटाएको छैन् चौकी इन्चार्ज आम नागरिक, पत्रकार समाज सेबि संग राम्रो सित प्रस्तुत हुँदैनन् प्राय केही तस्कर समुह संग रमाउने गरेका छन्। प्राप्त खबर अनुसार उप राष्ट्रपतिको छोरा संग पनि नराम्रो शब्दमा बोलेकोमा केही बिबाद उतपन भएको थियो।
प्रहरी चौकी कचोरवा इन्चार्जले मेला समिति संग ६०००/रुपैयाँ लिएको तथा निजले आफ्नो एरियामा व्यापक तस्करीहरु लाई छुट दिएको बुझिएको छ।
कचोर्वा बाट लहसुन तस्करी, भैंसी तस्करी कापडा तस्करी, भइरहेको हुँदा पनि चौकी ईन्चार्जले उक्त तस्करी राेक्न कुनै तदारुकता देखाएका छैन्
नाम गोप्य राख्ने सर्तमा एक जना प्रहरी भन्छन् अहिले असई साहब जसरी भए पनि कमाउन तर्फ लाग्नु भएको छ। असईको बिरुद्ध धैरै गुनासो जिप्रका सम्म पुग्दा समेत जिम्मेवारी बाट हटाइएको छैन। अहिले असई आफै रक्सी समेतको पैंसा उठाउन थालेका छन्। विभाग जानेर पनि कुनै विभागिय कार्वाही न कुनै छानबिन गरेको छ।
आँखिर किन भइरहेको छ बारामा प्रहरी नागरिक बिबाद दुई दिन अगाडि जिप्रका बाट अनुगमन जाँदा चौकी इन्चार्ज र सेन्ट्री समेत नभेटिँदा कार्वाही स्वरूप ईन्चार्ज तानिएका थिए।
अहिले बारम्बार कचोर्वाको ईन्चार्जको बारेमा नागरिक गुनासो आउँदा समेत जिम्मेवारी बाट नहटाउँदा विभिन्न प्रश्न उठेको छ।
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy