कमाण्ड कन्ट्रोलमा जिरो: एसपी सिंह लाई आइजीको संरक्षण

  |

२३, बुधबार,२०८१
उदेस पाण्डे
पर्सा! जिल्ला प्रहरी कार्यालय सर्लाहीको (एसपी) कमाण्ड कन्ट्रोलमा असफल देखिएका छन्। जिल्ला प्रहरी कार्यालय प्रमुखको रूपमा आएदेखि विभिन्न घट्ना क्रमले एसपीको कमाण्ड माथि ठूलो प्रश्न उठेको छ।
प्रहरी उपरीक्ष रवीन्द्र सिंह जिल्लामा आएको केही दिनमै इप्रका सिमरा फिनहरामा एक जना सिंह थरका सिपाहीले इप्रका नजिकै घर भएको मुस्लिम समुदायको केटी लाई गलत गर्दा गाउँलेहरु सिपाहीलाई घरमा घेरेर राखेको थियो त्यस प्रकरणमा प्रहरीको धैरै आलोचना भयो। त्यसको केही समयपछि जिप्रकाको सदा पोसाकमा खटेका एक जना जुनियर प्रहरी अधिकृत लाई एक जना महिला संग सुनसान ठाउँमा रक्सीको बोतल समेत बरामद गरी स्थानीयले प्रहरीमा बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालय भित्र मुद्दा शाखा, महिला सेल, उजुरी छानबिन शाखा, अनुचित लेनदेन शाखामा सम्बन्धित शाखा प्रमुख तथा टवासी, थराइसी, तदारुकताका साथ नागरिकको काम गर्दैनन प्रहरीले नियम बमोजिम गर्नुपर्ने कार्य समेत सेवाग्राहीहरु छिट्टो छरितो नगरी विभिन्न बहाना बनाएर हैरानी दिने गरेको नाम गोप्य राख्ने सर्तमा एकजना जनप्रतिनिधिले मधेशभ्युज लाई सूचना दिए।
जिप्रका प्रमुख (एसपी) सिंह जिल्ला प्रहरीको सरकारी मोबाइल समेत अफ गरेर राख्ने गरेको पाइएको छ। मधेशभ्युज डटकमको नम्बर बाट फोन गर्दा एसपी सिंहको सरकारी नम्बर अफ थियो। त्यस पछि जिप्रकाले तोकेको सूचना अधिकारी (डिएस्पी) लाई सूचनाको लागि फोन गर्दा आफू बाहिर रहेको कुरा सुनाए एक दिन पछि सूचना दिए जिल्ला प्रहरी कार्यालय सर्लाही बिबादित बन्दै गइरहेको छ। सर्लाही जिल्लामा विभिन्न सीमा नाका बाट तस्करी सुचारु भएको छ। निरञ्जन भने भारतीय तस्करले माछाको काम गरिरहेका छन् भने संग्रमर बाट फूलको कारोबार भैंसी,गोरु, वीरेन्द्र साहको चीनी, किराना त्रिभुवन नगर बाट भाइला भन्नेको कस्मेटिक विजय भन्नेको कपड़ा
जिल्ला प्रहरीले अबैध घरेलु मदिरा समेत नियन्त्रमा लिनसकेका छैन। अहिले जिप्रक बाट (प्र स नि) तेजनारायण यादव तथा प्र ज मुकेश गुप्ता घुमिरहेका बुझिएको छ।
प्रहरी उपरीक्षक एसपी रबिन्द्र सिंह आइजीको धाकमा जिल्लामा गैह्र जिम्मेवारी देखाएका छन्। एसपी सिंह तथा डिएस्पी श्रेष्ठ जिम्मेवारी बाट पछि हटेको तथा कमाण्ड कन्ट्रोल असफ देखिंदा पनि प्रहरी महानिरीक्षक मौन प्रहरी प्रधान कार्यालय बाट कुनै अनुगमन टोलि समेत नगएकोले प्रहरी समेत अच्चम मानेका छन्
प्रहरी उपरीक्षक एसपीको बारेम आज मधेशभ्युजका संचालक उदेस पाण्डे प्रहरी महानिरीक्षक (आइजी)बसंत कुँवर संग फोन मार्फत सर्लाही जिल्लाको एसपी सिंहको गैह्र जिम्मेवारी तथा जिल्लामा देखिएको गल्त क्रियाकलप बारे जानकारी गराउँदा प्रहरी महानिरीक्षक बसंत बहादुर कुँवर एक्सन लिन भन्छु भन्ने हामीलाई जानकारी गराए। जिप्रका भित्रको कुरा नाम गोप्य राख्ने सर्तमा एक जना प्रहरीले भने एसपी लाई जिल्ला चलाउन तरिका थाहा छैन डिएस्पी तथा अन्य अधिकृत सबैले फलभ बनाउँदै छन्। अहिले जिप्रका भित्र। भद्रगोल छ। एसपी बाहेक सबैको ध्यान कमाउने तर्फ छ।
तराईको सबै जिल्ला प्रहरी, ईलाका प्रहरी, प्रहरी चौकी तर्फ प्रहरी प्रधान कार्यालयको विभिन्न टोली जस्तो स्ट्रीङ अप्रेसन गर्छ तर जिप्रका सर्लाहीको कुनै युनिटमा अनुगमन नगर्नुले पनि प्रश्न उठेको छ।