०६, कार्तिक २०८१
उदेस पाण्डेय
पर्सा! मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर ६९ औं प्रहरी दिवसको अवसरमा दश जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ।
जसमध्ये प्रहरी उपरीक्षक तथा मधेश प्रदेश प्रहरी कार्यालयको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सुबास चन्द्र बोहरा उत्कृष्ट प्रहरी कार्य तथा व्यस्थापन तर्फको पुरस्कार थप्नु भएको छ। पेशा प्रति पुर्ण बफादार रही आफ्नो पदीय जिम्मेवारी निभाउनु भएको कारण एसपी बोहरा पुरस्कृत हुनु भएको छ। डिआईजी कार्यालयमा बसेर सूचना अधिकारीको रूपमा प्रहरी उपरीक्षक (एसपी) सुबास बोहर निकै जिमेवारीको साथ आफ्नो भूमिका निर्वाह गरिरहेका थिए। प्राय कम बोल्ने लो प्रोफाइलमा बस्न रुचाउने एसपी बोहरा काबिल प्रहरी अधिकृतको रूपमा चिनिनु हुन्छ। मधेश प्रदेश भरीको सम्पूर्ण सरकारी कार्यालयहरुको सूचना अधिकारी भन्दा बढी तदारुकताका साथ तथा जिम्मेवारी पूर्ण ढंगले सूचना दिने तथा फोन समयमा उठाइ दिने पहिलो अधिकृत हुन।
६९ औं प्रहरी दिबसको अबसरमा मिति २०८१/६/२९ गते मधेश प्रदेश स्थित प्रहरी कार्यालयबाट बिभिन्न बिधाहरुमा उत्कृष्ठ भई पुरस्कृत भएका प्रहरी कर्मचारीहरुको नाम तथा के सम्बन्धी पुरस्कार दिइएको बिबरण
प्रहरी उपरिक्षक सुबास चन्द्र बोहरा,मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर: उत्कृष्ठ प्रहरी कार्य तथा ब्यबस्थापन तर्फ
(डिएसपी)प्रहरी नायब उपरिक्षक अनमोल खड्का,मधेश प्रदेश प्रहरी तालिम केन्द्र: उत्कृष्ठ आन्तरिक प्रशिक्षक तर्फ
यसै गरी (इन्सपेक्टर)
प्रहरी निरिक्षक दिनेश प्रसाद खरेल: मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर: उत्कृष्ठ समन्वयकर्ता तर्फ
प्रहरी नायब निरिक्षक अर्जुन बाबु खतिवडा, ईलाका प्रहरी कार्यालय परबानिपुर बारा: उत्कृष्ठ अनुसन्धानकर्ता तर्फ
प्रहरी हबल्दार हरिन्द्र कुमार शाह, जिल्ला प्रहरी कार्यालय रौतहट सामुदायिक शाखा:उत्कृष्ठ सामुदायिक प्रहरी तर्फ
प्रहरी सहायक हबल्दार शिबशरण महतो,जिल्ला प्रहरी कार्यालय रौतहट:उत्कृष्ठ आर्थिक अपराध अनुसन्धान तर्फ
प्रहरी सहायक हबल्दार जिवन सिंदन :पथलैया ट्राफिक:उत्कृष्ठ ट्राफिक प्रहरी तर्फ
प्रहरी जवान कृष्ण शाह कानु, मधेश प्रदेश प्रहरी तालिम केन्द्र:उत्कृष्ठ बाह्य प्रशिक्षक तर्फ
प्रहरी जवान लक्ष्मी राई,मधेश प्रदेश प्रहरी तालिम केन्द्र:उत्कृष्ठ वाह्य प्रशिक्षक तर्फ
प्रहरी जवान दिपक थापा, ट्राफिक प्रहरी कार्यालय जलेश्वर महोत्तरी:उत्कृष्ठ ट्राफिक प्रहरी तर्फ
नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिबसको अवसर राम्रो काम गरेको प्रहरी कर्मचारीहरुको मनोबल उच्च पार्न तथा संगठन प्रति पुर्ण बफादार रही आफ्नो कर्तव्य निर्वाह गर्न सकोस् भने पुरस्कार दिने गरेको छ
|
© 2024: Madhesh Views All Rights Reserved | Privacy Policy