सड्क संवादको प्रभाव: ट्राफिक प्रहरी द्वारा कारवाही

१२, साउन २०८३, मंगलवार
पर्सा! वीरगन्जको कादम्बरी स्कुलको बस लाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।
पर्सा जिल्लाको बिभिन्न क्षेत्रमा रहेका प्राईभेट बोर्डिङ्ग स्कुलका बसहरु यो प्रचण्ड गर्मीको समयमा समेत बसको सिट क्षमता भन्दा दोब्बर विद्यार्थीहरू बोकेर ओहर दोहर गर्ने चालकले सिटबेल्टको प्रयोग नगरेको यस बारे आम नागरिक, अभिभावक तथा अन्य सज्जन नागरिकहरु द्वारा मधेश भ्यूज डटकममा गुनासो गरेका थिए।
उक्त सुचना लाई विश्वासिलो, मजबुत आधार मानेर सड्क संवाद कार्यक्रम अन्तर्गत उक्त बिद्यालयको बस लाई घण्टाघर चौकमा रोकेर ट्राफिक प्रहरी अन्य आम नागरिकहरुको रोहबरमा हेर्दा स्कुल बसमा क्षमता भन्दा बढी विद्यार्थीहरु रहेको थियो भने चालकले सिट बेल्टको प्रयोग समेत गरेका थिएन।
वीरगञ्जमा अहिले धैरै प्राइभेट स्कुलहरू अभिभावक संग बस भाँडा असुले पनि विद्यार्थीहरू उभेर बसमा स्कुल जान बाध्य रहेका छन। बसको सिट क्षमता भन्दा दोब्बर विद्यार्थीहरू बोकेर बस हिँडिरहेको कुरा एक स्थानीय तथा प्राईभेट बोर्डिङ्गमा कार्यरत कर्मचारीले मधेश भ्यूज डटकम लाई बताए
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा उक्त स्कुलको बस लाई सवारी तथा यातायात ऐन बमोजिम कानुनी कारबाही ट्राफिक प्रहरीले गरेको छ।
आजको विद्यार्थी भोलिको भविष्य हो उसले जे देख्छ त्यहीँ सिक्दछ यो बस लाई कानुन बमोजिम कारबाही हुँदा एउटा राम्रो सुचना विद्यार्थीहरूमा गएको छ कि कानुन सबैको लागी बराबर हुन्छ। ट्राफिक नियम सबैलाई लाग्छ, गाडी चलाउँदा ट्राफिक नियमको पालना गरौँ
यस कार्यको आम नागरिकहरु खुलेर प्रशंसा गरेका छन।