१० बुधबार २०८३ भाद्र
पर्सा! पकहामैनपुर गाउँपालिका (अध्यक्ष) सुरेश मेहता (उपा अध्यक्ष) खातुन तथा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको गैह जिम्मेवारीको कारण लामो समयदेखि वडा नम्बर ०५ का आम नागरिकहरु खानेपानी बाट बञ्चित भएका छन
पर्साको पकहामैनपुर गाउँपालिका सधै बिबादको केन्द्र बिनदुमा रहेको हुन्छ। कहिले करारको कर्मचारी भर्ना सम्बन्धमा कहिले पोखरीको ठेक्का सम्बन्धमा कहिले प्रमुख प्रशासकीय अधिकृतको नातेदार लाई निर्माण कार्यको जिम्मा दिदा होस वा आफन्त लाई भर्ती गर्दा होस।
बिभिन्न मिति तथा समयमा गरिएको अधुरो विकाश निर्माणका कार्यहरु तथा कर्मचारी भर्ना सम्बन्धमा ब्यापक जनगुनासो बढ्दै गएको छ।
नाम गोप्य राख्ने शर्तमा पकहा मैनपुर गाउँपालिका मा कार्यरत एक जना कर्मचारी का अनुसार प्रति करारको कर्मचारी संग दर रेट तोकेर भर्नामा तिन लाख देखि चार लाख रुपैयाँको घुस लेनदेनकोको आधार भर्ना गरिएको छ यो भर्ना प्रक्रिया बारे अख्तियार वा सम्बन्धित निकायले करारको कर्मचारी लाई छुट्टा छुट्टै सोधपुछ गर्यो भने सबुत प्रमाण फेला पर्छ कसरी घुसखोरी हुन्छ सबै छरपष्ट हुन्छ।
मधेश भ्युज्ज डटकम द्वारा गरिएको आम नागरिकहरु संगको कुराकानि तथा कर्मचारी संग बुझ्दा समेत संकास्पद कुरा आउँदा प्रमुख प्रशासकीय अधिकृत तथा अध्यक्ष माथि नैतिक प्रश्न उठेको छ।
गाउँपालिका अध्यक्ष सुरेश मेहता तथा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको आपसि समझदारीमा आवश्यकता भन्दा बढी करारको कर्मचारी भर्ना हुँदै आएको छ। कहिले कुन मिति कहाँ कुन शाखामा आवश्यकता छ यो करारको कर्मचारीको भने कुरा खुलाएका छैनन।
यस बारे गाउँपालिका अध्यक्ष तथा सुचना अधिकारी संग बुझ्न गाउँपालिका जाँदा सुचना अधिकारी आफ्नो पदीय जिम्मेवारी निर्वाह नगरेको तथा बाहिर बाहिर भएको बहाना बनाई अध्यक्ष समेतले पन्छिने गरेका छन
हिजो मिति २०८३/०५/०९ गते
आम नागरिकहरु गाउँपालिका को सबैठवा टोलमा टायर बालेर प्रदर्शन गर्दा समेत पालिका अध्यक्ष स्थानीय संग आउँछु आउँछु भनेर पछि त्यहाँ जान आँट गरेनन विकाश निर्माणका कार्यहरु अधुरो रहेको हुँदा त्यहाँ स्थानीयहरु बिरोध प्रदर्शन गर्दा पालिका अध्यक्ष उपा अध्यक्ष समेतको बिरोध गरेका थिए।
पानीको ट्याङ्की राखेको त्यहाँ धारा मोटर निर्माण कार्य सम्पन्न नगरी आम नागरिकहरु लाई दिउँसै ठगेको सुचना प्रमुख जिल्ला अधिकारी (सिडियो) सम्म समेत पुग्दा
प्रमुख जिल्ला अधिकारी आश्वासन दिए पश्चात अब केही पहल हुन्छ भनेर दुई दिनको लागि उक्त बिराेध प्रदर्शनको कार्यक्रम रोकेको सुचना उमेश महतो नेतृत्वको टिम बाट प्राप्त भएको छ।
एक जना पुर्ब वडा अध्यक्ष को भनाई अनुसार अहिले पकहा मैनपुर गाउँपालिकामा ब्यापक बेथिति बढेको छ निर्वाचित जनप्रतिनिधि जन्ता प्रति पुर्ण रुपमा जिम्मेवार नहुँदा आम नागरिकहरु सास्ती खेप्दै आएका छन ।
उहाँको भनाई अनुसार एक दुई हप्ता पछि पकहा मैनपुर गाउँपालिकाको हरेक वडा टोल टोल बाट पालिका अध्यक्ष सुरेश मेहता उप -अध्यक्ष खातुन प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह विरुद्ध लिखित निबेदनका साथ बिरोधका कार्यक्रम आम नागरिकहरु गर्ने तयारी गर्दै छन।
नेपाल सरकार अहिले बिचौलिया दलाल लाई पुर्ण रुपमा सरकारी निकायमा प्रवेश निषेध गरेको छ। तर पर्साको पकहा मैनपुर गाउँपालिका भित्र सधै बिचौलियाको हालीमोहाली रहेको छ। जहाँ अधिकृत साह त्यहाँ बिबाद भनेर चिनिने अधिकृत साह माथि अख्तियार समेत मुदा दिने कार्य वाड नम्बर ०५ तथा वडा नं ०२ बाट तयारी हुँदै छ करारको कर्मचारी संग बिचौलिया मार्फत चलखेल गर्ने पात्रहरू अहिले तनावमा रहेको कुरा एक जना जनप्रतिनिधिले बताएका छन

