
२८,सोमबार २०८१
उदेस पाण्डे
पर्सा!जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहत पर्ने ईलाका प्रहरी कार्यालय गौशाला मातहतका नगर पालिका वडा नम्बर ५ स्थित रहेको महरा खोलामा मोटरसाइकलमा सवार दुइ जना अपराधीहरूले गोलि हानी एक जना मानिस लाई घाइते बनाएका छ।
घाइते हुनेमा गौशाला नगरपालिका ११ बस्ने अन्दाजी वर्ष ३८ को बिनय कुमार सिह लाई अपराधीहरु गोलि हानी घाइते बनाएको खबर यस मधेसभ्युज लाई प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी सन्तुलाल प्रसाद जैसवाल सग उक्त घटनाको बारेमा सूचना मागदा डिएसपीको भनाइ अनुसार घाइते लाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको तथा प्रहरी उपरीक्षक नकुल पोखरेलको कमान्डमा टोलि खटिएको जानकारी गराउनु भएको छ।
उक्त घटना पछी गौशाला एरियामा एक किसिमको डर त्रासको बाताबरण नागरिकको मनमा सृजना भएको बुझिएको छ।