
३२,शुक्रवार २०८१
उदेस पाण्डे
बारा । बाराको आदर्श कोतवाल नगरपालिका –३ मा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको मृत्यु भएको हो ।
गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कुरा बुझ्नमा आएको छ।
अहिले बाराको सिमानाकामा कडाइ गरि अपराधी लाई पक्राउ गर्न धेरै मात्रामा प्रहरी परिचालन गरिएको कुरा एक स्रोतको अनुसार बुझ्नमा आएको छ।