
उदेस पाण्डे,
११,मंगलबार,२०८१,असार : मानिकपुर पर्सा!नेपाल प्रहरी नेपाली जन्ताको जिवधनको रक्षा गर्ने एक पबित्र सगठन हो।नेपाल प्रहरी जहिले पनि सत्य सेवा सुरक्षा लाई लिएर हिड्ने गर्छ।यस पबित्र प्रहरी सगठनमा आबद्ध रहेका प्रहरी नै अन्यायमा परेको हामी सह्जै देख्न वा सुन्न पाउछौ।नेपाल प्रहरी भित्र २ दिने बढुवा गरि विशिष्ट श्रेणीमा पुर्याउने खेल भएको समाचार मधेस भ्युज लाई प्राप्त भएको छ्।
नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)बढुवा गरिएको पोष राज पोखरेल राजनीति शक्ति तथा पावरको बलमा बढुवा गरिएको चौतर्फी रूपमा आलोचना भएको छ।सत्ता साझेदार दल एमाले नेता इश्वर पोखरेल तथा माओवाद नेता गिरिराज मणि पोखरेलको बलमा २ दिनको लागि भए पनि प्रमोसन गरिएको छ।यस बाट राज्य लाई भार बढ्छ कसैले सोचेन नेपाल प्रहरीमा पटकपटक यस प्रकारको खेल हुने गरेको छ।
नेपाल प्रहरीमा एक दिन पनि एआइजीको फुलि लगाएर कुर्सीमा बस्न नसकेका एआइजी बसन्त लामा लाई पनि पावरको बलमा एआइजी बनाइएको थियो ।
तर मधेसको प्रहरी अधिकृतहरु अब्बल हुदाहुदै पनि बढुवामा पेलेर पछि पारेर घर जान बाध्य पारिएको पुर्ब प्रहरी नायब महानिरीक्षक (डिआइजी)मसाउद आलम खा,पुर्ब प्रहरी नायब महानिरीक्षक (डिआइजी)राजेस लाल कर्ण,पुर्ब प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) अनुराग दुबेदी (राजिनामा)यी तराईबासी सबै प्रहरी अधिकृत प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका थिए निहित स्वार्थ राखी सुन्यौंजित ढंगबाट बढुवामा आइस्ब्रेक लगाइएको थियोे जसले गर्दा बढुवा हुन बाट बन्चित भए राम्रा अधिकृत पुर्ब प्रहरी नायब महानिरीक्षक (डिआइजी )मसाउद आलम खा प्रहरी भित्र काबिल अधिकृत थिए दर्जनौंपटक पुरस्कार पाएका तथा “Batton”अवार्ड समेत पाएका मसाउद आलम खा प्रहरी उपरीक्षक (एसपी)हुँदा सर्लाही,सुन्सरी जिल्ला प्रहरी प्रमुखको रूपमा राम्रो काम गरेर नागरिक नजरमा नायक बनेका थियो प्रायः कम बोल्ने लो प्रोओफाइलमा बस्न रुचाउने (डिआइजी)खा प्रहरी सगठनमा सफल तथा दक्ष अपराध अनुसन्धानको बिज्ञको रूपमा परिचित थिए।प्रहरी निरीक्षक हुँदा इन्चार्जको रूपमा कमलपोखरी बसे।डिएसपी हुँदा बिरगंज तथा गणपतिको रूपमा रातोमाटी गण हेटौंडामा प्रमुखको रूपमा बस्ने अन्य बसाइँ प्रायः प्रहरी प्रधान कार्यालयको विशेषब्युरो बसेका मसाउद आलम खान दक्ष प्रहरी अधिकृत थिए।
डिआइजी हुँदा मधेस प्रदेश प्रहरी प्रमुखको रूपमा बस्दा दुबै चरणको निर्वाचन शान्तिपूर्ण रूपमा गराएका थिए ।
मुस्लिम समुदायको पहिलो प्रहरी अधिकृत थिए पुर्ब (डिआइजी)मसाउद आलम खा हिन्दु समुदाय लाई पनि समान माया स्नेह राख्थे हिन्दु समुदायको एक जना बिद्यार्थी लाई उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग समेत गरेका थिए
त्यसैगरी पुर्ब प्रहरी नायब महानिरीक्षक (डिआइजी)राजेस लाल कर्ण पुर्ब प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रिको ब्याजी थिए उसको भन्दा जुनियर लाई बढुवा गरिएको थियो तर राजेस लाल कर्ण बारम्बार बिभेदका सिकार भएका थिए कुनै जिल्लाको कमान्ड समेत नदिएर थन्किएको थियो प्रहरी प्रधान कार्यालयमा
अर्को पात्र अर्थात स्वर्गीय “एसएसपी”सुशील कुमार यादव बढुवाको चिन्ता तथा सगठनमा बारम्बार बिभेद्को सिकार भएको कारण प्रहरी कार्यालय भित्र निराश भएर आत्म हत्या गरे
अर्को नायक “एसएसपी”अनुराग दुबेदी सिंह शैलीमा राजिनामा गरे बारम्बार बढुवाको बेला काखापाखा भैरहेको कारण राजीनामा दिए र बाघको गर्जन जस्तै गृहमा गर्जे
१३ जना प्रहरी अधिकृतको बढुवा गर्दा अनुराग दुबेदी एक्लै मधेस एक जना मात्रै थिए कार्वाही भएको लाई बढुवा गरियो तर अनुराग दुबेदी लाई वर्गियता क्षेत्रीयताको कारण बढुवा बाट बाहिर राखियो नेपाल प्रहरी भित्र हिरो उपनामले चिनिने दुबेदी प्रहरी निरीक्षक बाट सेवा प्रवेश गरेका प्रहरी अधिकृत हुन।
अनुराग दुबेदी एक दक्ष काबिल अधिकृत हुन जागीरको दौरान रुकुम,कालिकोट,सिन्धुपाल्चोक ,दोलखा ,सिन्धुली ,मकवानपुर ,जिप्रका तथा इप्रका फाफरवारि “एसपी”हुँदा सप्तरीमा कसैले जान मानेका थिएन। आइजिपी लाई तनाव भएको थिए। त्यहाँ बाट दिवेस लोहनी असफल भएर तानिएको बेला अनुराग दुबेदी हिन्दी फिल्म शिघम्को नायक अजय देवगन झै निडर भएर नागरिक प्रहरी बीच बिग्रेको सम्बन्ध स्थापित गर्न सफल भएका थिए।एसपीमा अर्को पहाडी जिल्ला गिल्मीको सफल कमान्ड गरेका थिए ।
आखिर किन हुन्छ प्रहरी भित्र विभेद कहिले बढुवा रोकेर कसैलाई घर जान बाध्य पारिने त कसैलाई १/२ दिनको लागि भए पनि विशिष्ट श्रेणीमा पुर्याउने कार्य नाम गोप्य राख्ने शर्तमा एक जना उच्च तहका प्रहरी अधिकृत भन्छन् जो गृह मन्त्री आए पनि आफ्नो निहित प्रहरी लाई प्रयोग गर्छन् हाम्रो आइजी केहि बोल्न सक्दैनन् अहिलेको यो बढुवाको कारण पनि गृह तथा प्रहरी प्रधान कार्यालय आलोचित भएको बताए ।
प्रहरी प्रधान कार्यालय भित्र तथा बाहिर हल्ला छ।पोस राज पोखरेलको बढुवा पावर सेन्टरको कमाल हो तथा बरिस्ठ अधिवक्ता पन्तका नातेदार भएको कारण पुर्ब एआइजीको साढुभाइ दलको आशिर्वाद तथा अन्य स्रोत छ।