
२०,बिहीबार २०८१
उदेस पाण्डे
पर्सा !मधेस प्रदेश प्रहरी कार्यालय ले नागरिकको गुनासोको कदर गर्दै बिगत लामो समय देखि मुद्दा फाट्टमा बसेर अपराध अनुसन्धान समुह (अ,अ) शाखामा कार्यरत प्रहरी बरिस्ठ नायब निरीक्षक देखि सिपाही सम्मको काज सरुवा गरेको खबर मधेसभ्युज लाई खबर प्राप्त भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले २१० जना मुद्दा फाट्टमा कार्यरत रहेको प्रहरी कर्मचारीको सरुवा गरेको छ।प्रहरी नायब महानिरीक्षक (डिआइजी)यज्ञ बिनोद पोखरेलको यो सराहनीय कार्यको आम नागरिक खुलेर प्रसंशा गरेका छन् ।मधेस प्रदेशको ८ वटै जिल्लाको मुद्दा फाट्टमा कार्यरत प्रहरी बाट नागरिक हैरान थिए ।अहिले सरुवा भएका प्रहरी कर्मचारी बिगत लामो समय देखि एकै फाट्मा कार्यरत थिए ।सरुवा भएको प्रहरी कर्मचारीहरु माथी सेवाग्राही रुष्ट थिए ।विभिन्न बहाना बनाएर नागरिकको कानुन बमोजिम गर्नुपर्ने काममा समेत ढिलासुस्ती गर्ने गरेका थिए ।
सरुवा भएको खबर सुनेर आम नागरिक खुशी छन्
(CAP)” Crime Action Plan”मा कार्यरत प्रहरी राम्रो कार्य गरे भने नागरिक लाई धैरै राहत मिल्नुको साथै अन्य कानूनी प्रक्रियामा जाने झंझट बाट छु्ट्करा मिल्ने छ।
मधेस प्रदेश प्रहरी कार्यालयले गरेको यो सरुवा लाई चौतर्फी प्रसंशा नागरिकले गरेका छन्।
मधेस प्रदेशको प्रमुखको रूपमा हाजिर भए देखी प्रहरी नायब महानिरीक्षक डिआइजी यज्ञ बिनोद पोखरेलको सराहनीय कार्यले गर्दा मधेस प्रहरी लाई आम नागरिक खुलेर प्रसंशा गरिरहेका छन्