
२०८१, आसार,२९
उदेश पाण्डे
मानिकपुर पर्सा। जिल्ला प्रहरी कार्यालय धनुषाको सूचना अधिकारी डिएसपी रञ्जन आवा गैह जिम्मेवार देखिएका छन् नागरिक लाई सूचना दिँदैनन्
नेपालको संविधान २०७२ को धारा २७ मा भनिएको छ प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेको छ सार्वजनिक निकायमा रहेको कुनै लिखित सामग्री वा सो निकायको काम कारबाहीको अध्ययन अवलोकन गर्ने त्यस्तो लिखित प्रमाणित प्रतिलिपि प्राप्त गर्ने सार्वजनिक हक हो।
तर जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी संग आज मागिएको सूचना दिएनन् भोलि आइतबार दिन्छु भनेर पन्छिएका छन् पत्रकारको फोन समेत बेवास्ता गरेका गैह जिम्मेवार सूचना अधिकारी आम नागरिकले काम तथा नियम बमोजम दिनुपर्ने सूचना कसरी दिइन्छन
नाम गोप्य राखिदिने शर्तमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना सिनियर प्रहरी अधिकृत भन्छन् डिएसपी धेरै घामठ छन्। नागरिकले केही बुझ्न आउँदा हप्काउने थर्काउने काम गर्नु हुन्छ।
जिल्ला प्रहरी कार्यालयको सूचना अधिकारी संबिधान बिपरित यस्तो हर्कत गर्दा समेत कुनै कारवाही नगरिनु दुर्भाग्य हो। भनेर एक जना पूर्व प्रहरी अधिकृत बताउँछन्
धनुषा जिल्लामा २०८१/०३/२७ गते एक समूहले बसमा तोडफोड गरेको थियो।जिल्ला प्रहरी कार्यालय धनुषामा केहि बेर नियन्त्रणमा रहेको उक्त समुह लाई राजनीतिक पावरको भर्मा छोडिएको थियो यस विषयमा तथा अहिलेसम्मको प्रगति के छ भनेर सोधपुछ गर्दा भोलि बताउने भनेर फोन राखे