
०७, सोमबार २०८१
उदेस पाण्डेय
पर्सा। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्ष बाट ९ जना थुनुवा भागेको खबर मधेसभिउज् डटकम लाई प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय भित्र थुनुवा कक्षको भेन्टिलेटर तोडेर ९ जना थुनुवा भागेको घटनाले जिप्रका धनुषा अहिले ब्यापक चर्चामा छ। भागेका मध्य एक जना लाई प्रहरीले समातेको बुझ्नमा आएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा लागुऔषध, अभद्र व्यहावार तथा अन्य मुदाका थुनुवाहरु थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाको सूचना अधिकारी (डिएस्पी)आवा अनुसार अमित कुमार झा, रञ्जित मडल, रोशन कुमार मडल, अभास्कर कुमार यादव, विशाल मुखिया, सुमित मेस्तर, मनिस मडल, बिकि कार्की रहेका थिए।
यी मध्ये सबै लाई जिल्ला अदालत धनुषा बाट हिरासतमा राख्न अनुमति लिइएको थियो।
थुनुवा हिरासत बाट भाग्दा अहिले जिल्ला प्रहरी कार्यालय धनुषाको सुरक्षा माथि प्रश्न उठेको छ। यस भन्दा पहिला पनि जिल्ला प्रहरी कार्यालय मातहतको ईलाका बाट केही थुनुवाहरू भागेका थिए।