तस्करीको रजनिगान्धा: प्रहरीले पुनः तस्कर लाई दिएको घट्ना बाहिरिएको छ

  |

०८, आस्विन २०८१
उदेस पाण्डे
पर्सा। इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटेका प्रहरीले बरामद गरेको BR ,05,BA,2665, तथा एउटा नम्बर नखुलेको मोटरसाइकल तथा रजनिगन्धा पुनः तस्कर लाई जिम्मा लगाइएको खबर प्राप्त भएको छ।
मधेशभ्युज डटकम लाई प्राप्त भिडियोको अनुसार ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटेको सिभिल प्रहरी तथा युनिफर्म लगाएको प्रहरीले दुई ओटा मोटरसाइकलमा भारत बाट नेपाल तर्फतस्करीको माध्यम बाट रजनीगन्धा ल्याइरहेको तस्करीको रजनिगन्धा गुठका पक्राउ गर्न सफल भयो उक्त कुरा भिडियोको मार्फत बाट प्रस्ट देखिरहेको छ।
तर ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा ल्याएर केही दिन पछि तस्कर र घुमुवा बीच सेटिङ मिले पछि छोडिएको घट्ना बाहिरिएको छ।
यस मधेशभ्युज लाई नाम गोप्य राखिदिने सर्तमा ईलाका प्रहरी कार्यालय मातहतका एक जना प्र स नि:भन्छन् अहिले सिम्रौनगढ इप्रका मातहतका सबै युनिट बाट तस्करी पूर्ण रूपमा खोलिएको छ। प्रहरी चौकी कचोर्वा तथा इप्रका सिम्रौनगढ आसपासका सबै नाका तस्करहरु प्रयोग गर्दै छन्। तथा माथिलो निकायको नाममा समेत तस्कर बाट आर्थिक लाभ लिँदै आइरहेका छन्।
इप्रका सिम्रौनगढमा कार्यरत एक जना जुनियर प्रहरी अधिकृतले नाम गोप्य राख्ने सर्तमा यस मधेशभ्युज संग भने त्यो दिन तस्करीको बरामद राजनिगन्धा केही दिन पछि फेरि तस्कर लाई बुझाइएको छ। करिब एक लाख बीस हजार रुपैयाँको लेनदेन पश्चात समान पुनः तस्कर लाई बुझाइएको छ।
यस विषयमा इप्रका सिम्रौनगढमाका प्रहरी निरीक्षक संग बुझ्न खोज्दा होईन होइन भनेर जवाफ दिए