कमाण्ड कन्ट्रोलमा अब्बल डिआईजी:मधेश प्रदेश प्रहरी कार्यालयको चाडपर्ब लक्षित बिशेष सुरक्षा योजना २०८१

  |

१६, बुधबार २०८१
उदेस पाण्डे
पर्सा। मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी लालमणि आचार्यले मधेश प्रदेशको ८ ओटा जिल्ला लाई मध्य नजर गर्दै ६३९४ प्रहरी जनशक्ति परिचालन गरी।नागरिकको शान्ति सुरक्षा तथा चाडपर्व वडादशै, तिहार, छठ पर्ब लक्षित विशेष सुरक्षा योजना २०८१ बनाएको खबर प्राप्त भएको छ।
प्रदेश अन्तर्गतका जिल्लाहरुमा नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकता राखेका डिआईजी आचार्य चाडपर्वको योजना समेत बनाएर नागरिक लाई सुरक्षाको पहिलो केन्द्रबिन्दुमा राखेका छन्
मिति २०८१/०६/१५ गते देखि २०८१/०७/२५ गतेसम्म मधेश प्रदेशको आठै ओटा जिल्लाहरुमा कमाण्ड पोस्ट ९ ठाँउमा त्यसैगरि रिजर्भ टोलि २१ ओटा QRT (Quick Response Team) ४८ ओटा Striking १९ वटा ट्राफिक सहितको चेकिङ्ग १२६ ओटा मोबाइल petrolig १२६ ओटा यसैगरी पैदल गस्ती २१२ ओटा टोली पिकेट डिउटी ३२५ ओटा टोली यात्रु सहायता कक्ष ५३ तथा हाइवे सकोटिग २६ ओटा टोली यसको वाहेक झैझगडा चोरी लुटपाट तथा जुवा तास नियन्त्रणमा ४२ ओटा प्रहरी खटेको छ। धार्मिक स्थलको सुरक्षामा व्यासी जना प्रहरी तथा आर्थिक कारोबार हुने ठाउँमा एकसय तिन जना प्रहरी परिचालन भएको छ।
बजार अनुगमनमा १४ जना सूचना संकलनमा बतिस् जना, एम्बुस सभा जुलुस लामो दूरी तथा आकास्मिक गरी एकसय भिन्न भिन्न समुहमा विभाजन गरी प्रदेश कार्यालय प्रमुखको आदेशमा प्रहरी टोली परिचालित भएको छ।
यसमा खटिने प्रहरी सिनियर अधिकृत देखि जुनियर अधिकृत तथा जवन सम्म हुनेछन कार्य क्षेत्रमा प्रहरी आफ्नो जिम्मेवारी निर्वाहगर्नुको साथै सेवाग्राही आम नागरिक सँग सिस्ट भाषा प्रयोग गर्नुको साथसाथै नागरिक मैत्री भएर काम गर्न प्रदेश प्रमुख डिआईजी प्रस्ट निर्देशन भएको छ।
यस पालिको सुरक्षा योजना साइन्टिफिक तथा परिणाम मुखी देखिएको छ।